२१ कात्तिक, नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकारहरुको शुक्रबार निःशुल्क मुटु जाँच गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी एवं नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्व सभापति स्व. पन्नलाल गुप्ताको ९७औं जन्मजयन्तीको अवसरमा पत्रकार महासङ्घ बाँके शाखाले निःशुल्क मुटु जाँच शिविर संचालन गरेको हो ।
मुटु जाँच शिविरमा करिब सयजना पत्रकारको स्वास्थ्य परीक्षण गरिएको छ । महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीका अनुसार दिनरात रिपोर्टिङमा खटिने पत्रकारको स्वास्थ्यलाई मध्यनजर गर्दै भेरी अस्पतालसँग सहकार्य गरी शिविर सञ्चालन गरिएको हो । शिविरमा भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा. कृष्ण अधिकारी, विकास नेपाल, विपिन आचार्यसहितका स्वास्थ्यकर्मीले पत्रकारहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शिविरमा सहभागी पत्रकारका लागि रक्तचापसहित, मधुमेह, कोलेस्टोलसँगै इसिजी गरिएको छ । सो परीक्षणको आधारमा स्वास्थ्य अवस्थाअनुसार इकोलगायतका अन्य परीक्षण र उपचार गरिने महासङ्घका सचिव कृष्ण ओलीले जानकारी दिए ।
२२ कार्तिक २०८२, शुक्रबार १७:२५ प्रकाशित