२१ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी सस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार कोहलपुरमा सम्पन्न भएको साधारणसभाको बहुउद्देश्यीय सहकारी संघ बाँकेका अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारीले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै आस्था सहकारीका शेयर सदस्य समेत रहेका प्रमुख अतिथि अधिकारीले आयआर्जनको क्षेत्रमा आस्था बहुउद्देश्यीय सहकारी संस्थाले खेलेको भुमिका उल्लेखनिय रहेको भन्दै प्रशंसा गरेका थिए । सहकारीले स्थानिय स्तरमा बचतकर्ताहरुको विश्वास जित्दै गएको भन्दै उनले खुसी ब्यक्त गरे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
स्थानिय स्तरबाट विकास भएका सहकारी भन्दा बाहिरी क्षेत्रबाट स्थापित सहकारी बढि धारासायी हुने गरेको तथ्य सार्वजनिक गर्दै अधिकारीले स्थानियस्तरबाट संचालित विश्वासिलो सहकारीमा मात्र आवद्ध हुन बचतकर्ताहरुलाई आग्रह गरेका छन । ऋण लिन पाउने आशमा थुप्रै सहकारीमा आवद्ध हुने प्रवृत्तिका कारण बचतकर्ता र सहकारी दुबैलाई असर परिरहेको अधिकारीको भनाई थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष हरि प्रसाद चालिसेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष चालिसेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार १४०० शेर सदस्य रहेको सहकारीको कुल शेर पुँजी ८९ लाख ६६ हजार २ सय रहेको छ । १ करोड ९६ लाख ८० हजार ८ सय १ निक्षेप संकलन गरेको सहकारीले चालु असोज मसान्तसम्म ३ करोड ४९ लाख ६ हजार ८ सय ८८ रुपैयाँ कर्जा लगानि गरेको अध्यक्ष चालिसेले बताए ।

सहकारीका व्यवस्थापक हुम कुमारी थारुले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेकी थिईन । १५ सय २४ बचत सदस्य रहेको सहकारीले आर्थिक वर्ष ०८१/०८२ मा ६ लाख ६३ हजार ६ सय ३९ रुपैयाँ ५४ पैसा खुद नाफा कमाएको व्यवस्थापक थारुले जानकारी दिईन ।
साधारणसभाको अवसरमा सहकारीले बिभिन्न क्षेत्रका उत्कृष्ट ब्यक्तिहरुलाई सम्मान गरेको संस्थाका सचिव अशोक प्रसाद पोखरेलले बताए । पोखरेलका अनुसार संस्थाका व्यवस्थापक हुम कुमारी थारु र उत्कृष्ट कर्मचारी नन्दकली कंडेललाई सम्मान गरीएको थियो । त्यसैगरी नियमित दैनिक बचतकर्तातर्फ उत्कृष्ट हुने प्रमानन्द कंडेल र लक्ष्मी अर्याल, मासिक बचततर्फ उत्कृष्ट हुने हिरालाल न्यौपाने र पार्वती कुमारी गुरुङ, असल ऋृणीतर्फ दुर्गा जैशी, अशोक गिरी र मासिक बचत समुहतर्फ उत्कृष्ट हुने भवानीपुर समुह तथा वागेश्वरी टोल समुहलाई सम्मान तथा पुरस्कृत गरीएको पोखरेलले जानकारी दिए ।
कार्यक्रममा साँस्कृतीक कार्यक्रम प्रस्तुत गर्ने प्राक्रम पोखरेल र प्रकृती रसाईलीलाई समेत सम्मान गरीएको सचिव पोखरेलले जानकारी दिए ।
२२ कार्तिक २०८२, शुक्रबार १७:०३ प्रकाशित