बेमौसमी वर्षाले लुम्बिनीमा १५ हजार ७५५ हेक्टर धानबालीमा क्षति
  • काँचुली खबर

फाईल तस्बिर ।

१६ कात्तिक, नेपालगन्ज । पाकेको धान काटेर घरमा भित्र्याउने अन्तिम तयारीमा रहेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका किसानहरू बेमौसमी वर्षाका कारण समस्यामा परेका छन् । वर्षाले खेतमा काटेर सुकाइएको धानबालीमा व्यापक क्षति पुगेको छ । यसले प्रदेशको समग्र धान उत्पादन र किसानको अर्थतन्त्रमा गम्भीर असर पुर्‍याएको छ ।

लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप तिवारीका अनुसार, बेमौसमी वर्षाले प्रदेशको विभिन्न जिल्लामा करिब १५ हजार ७ सय ५५ हेक्टर क्षेत्रफल धानबालीमा क्षति पुर्‍याएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

“बेमौसमी वर्षाले लुम्बिनी प्रदेशको धानबालीमा अत्यन्तै ठुलो क्षति पुर्‍याएको छ । किसानहरूले काटेर खेतमै सुकाएका धान पानीमा डुबेर नष्ट भएका छन् भने नकाटिएका धानको बालामा पनि पानी जम्दा ‘अङ्कुरण’ (टुसा) पलाउने जोखिम बढेको छ ।’’

पाकेको धान काटेर घरमा भित्र्याउने तयारीमा रहेका किसान बेमौसमी वर्षाका कारण समस्यामा परेका छन् । बेमौसमी वर्षाले खेतमा काटेर सुकाइएको धान भिजेको र काट्न बाँकी धानमा समेत क्षति पुगेको छ । यसले किसानको वर्षभरिको मेहनत खेर जाने चिन्ता बढाएको छ ।

काटेर खेतमा सुकाएका धानका मुठा वर्षाको पानीमा डुबेका छन् । भिजेको धानलाई तत्काल घाममा सुकाउन नपाए बालामै टुसा (अङ्कुर) पलाउने र धान काम नलाग्ने हुने जोखिम बढेको छ । किसानहरूले वर्षभरिको मिहेनत खेतमै नष्ट भएको भन्दै सरकारले उचित राहत तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

बेमौसमी वर्षाका कारण विशेषगरी काटेर खेतमै सुकाइएको धानमा ठुलो क्षति पुगेको छ । पानीले धान भिजेपछि बालामै टुसा आउने (अङ्कुरण हुने) सम्भावना बढेको छ, जसले गर्दा धानको गुणस्तर र उत्पादनमा भारी गिरावट आउने निश्चित छ ।

कृषि ज्ञान केन्द्रले किसानहरूलाई सकेसम्म छिटो पानी निकासको व्यवस्था मिलाउन र घाम लाग्ने वित्तिकै धानलाई राम्रोसँग सुकाएर भित्रयाउन आग्रह गरेको छ ।

मुख्य बाली धानमा क्षति पुगेपछि किसानहरूमा निराशा छाएको छ । लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार, प्रदेशका विभिन्न जिल्ला यो वर्ष करिब कुल तीन लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो ।

  • १७ कार्तिक २०८२, आईतवार १५:१७ प्रकाशित
  • Nabintech