१५ कात्तिक, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघले कोहलपुर नगरपालिकालाई २५ थान दराज हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वाणिज्य संघले नगरपालिका कार्यालयलाई निशुल्क २५ थान स्टिल दराज उपलब्ध गराएको हो ।
गत भदौ २४ भएको जेन्जी आन्दोलनका क्रममा कोहलपुर नगरपालिका कार्यालयमा आगजनी भएको थियो । आगजनीबाट कार्यालय पुर्ण रुपमा क्षती भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक सहयोग उपलब्ध गराएको उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष प्रदिप भट्टराईले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शुक्रबार एक औपचारीक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई दराजको चाँबी हस्तान्तरण गर्दै भट्टराईले आगामी दिनमा समेत सहयोग गर्ने पञ्तिवद्धता जनाएका थिए ।
नगरपालिकालाई सञ्चालन र व्यवस्थापन गर्न सहज र सजिलो बनाउन दराज हस्तान्तरण गरेको बताउँदै भट्टराईले आवश्यक परे थप सहयोग गर्ने बताए ।
नगर प्रमुख आचार्यले स्वतस्फुर्त रुपमा पालिका सञ्चालन र व्यवस्थापनमा सहयोग गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा समेत निरन्तर समन्वय र सहकार्य हुनेमा विश्वास्त रहेको बताएका थिए ।
१६ कार्तिक २०८२, शनिबार १५:०३ प्रकाशित