१५ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा घटेको एउटा घटनाले नयाँ मोड लिएको छ । शुक्रबार बेलुका कोहलपुर नगरपालिका २ बिकासनगरस्थित जन-एकता सामुदायिक वनमा बाघले लखेटेर मृत्यु भएको भनिएको विषय शंकास्पद देखिएको छ ।
जंगलमा घाँस काट्न गएका बेला बाघले आक्रमण गरेपछि एक जनाको मृत्यु भएको र अन्य ३ जना वेपत्ता भएको भनिएको घटनाको रहश्य अर्कै रहेको स्रोतको दाबी छ । बाघको आक्रमणपछि भागदौडमा कोहलपुर २ का मोहन थारुको मृत्यु भएको भनिएपनि उनको हत्या भएको भन्दै मृतकका परिवारले प्रहरीमा जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शुक्रबार बेलुका ४ बजे मृतक थारु सहित ३ जना जंगलमा घाँस काट्न गएको स्थानियहरुले बताएका छन् । बाघले आक्रमण गरेको खबर फैलिएलगत्तै नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल आर्मी र ग्याम स्काउट सहितको टोली घटनास्थलमा पुगेको थियो । थारुको जंगलभित्रै मृत अवस्थामा शव भेटिएको थियो भने अन्य तिन जना वेपत्ता भएको बताईएको थियो ।
तर घटनाको प्रारम्भीक अनुसन्धानका क्रममा बाघले लखेटेको, कोतारेको जस्ता कुनै संकेत नदेखिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख चक्र बहादुर डमरपाले बताए । उनका अनुसार मृतकका परीवारले ज्यान सम्बन्धि मुद्धामा जाहेरी दिएपछि थप अनुसन्धान अगाडी बढाईएको छ ।
घटनास्थल र त्यसको केही मिटर वरपरको स्थानमा समेत बाघको पाईलाको कुनै संकेत नदेखिएको डम्बरपालले जानकारी दिए ।
मृतक थारुसंगै गएका ३ जना शकुशल फर्किएका थिए । उनिहरुले “बाघले लखेटेको र त्यसपछि ज्यान जोगाएर घर फर्किएको’ बयान दिएका थिए ।
तर घटनास्थलको अवस्था हेर्दा घटना शंकास्पद देखिएको स्रोतको भनाई छ ।
१६ कार्तिक २०८२, शनिबार १४:२० प्रकाशित