युएईलाई नेपाल दियो २३४* रनको चुनौती
  • काँचुली खबर

१३ कात्तिक, काठमाण्डौं । कप्तान रोहित पौडेलको शतकको मद्दतले नेपालले युएईसामू २३४ रनको लक्ष्य दिएको छ। युएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन जोडेको हो।

नेपालले यो स्कोर जोड्ने क्रममा कप्तान रोहितले संघर्ष गरेर १३० बलमा १०९ रन जोडे।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालको इनिङ प्रारम्भिक ओभरमा लयमा देखिएको थियो। तर २३ रन जोडेको अवस्थामा पाँचौँ ओभरमा पहिलो बलमा व्यक्तिगत ७ रन जोडेका ओपनर कुशल भुर्तेल आउट भएपछि नेपाली इनिङ दबाबमा आयो। लगत्तै इनिङमा २६ रन मात्रै जोडिएको अवस्थामा ३ रन मात्रै जोडेका भीम सार्की पनि आउट हुन पुगे।

त्यसपछि ओपनर आशिफ शेख र कप्तान रोहित बिच सुस्त गतिमै भएपनि महत्वपूर्ण ३४ रनको साझेदारी भएको थियो। पहिलो ड्रिंक्स ब्रेक लगत्तै १८ औं ओभरमा ३५ रन बनाएका आशिफ आउट हुन पुगे। उनी आउट हुँदा नेपालको स्कोर ६१ रन मात्रै थियो।

त्यसपछि चौथो विकेटका लागि कप्तान रोहित र आरिफ शेख बिच ७० रनको महत्वपूर्ण साझेदारी भयो। ३३ औं ओभरमा आरिफ २७ रन जोडेर आउट भए।

त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरीले पनि कप्तान रोहितसँग ५४ रनको महत्वपूर्ण साझेदारी गरे।

४२ औँ ओभरमा २३ रन जोडेर दीपेन्द्र रन आउट हुन पुगे। उनी आउट हुँदा नेपालको स्कोर १८५ रनसम्म पुगेको थियो। त्यसपछि क्रिजमा आएरका गुल्शन झा शून्य रनमै आउट भए।

त्यसपछि आएका सोमपाल कामी ६, करन केसीले १३ र सन्दीप लामिछानेले ३ रन जोडे।

युएईका लागिर जाहिद अलीले चार, जुनैद सिद्दिकी तीन र मोहम्मद रसिद र हैदर अलीले एक-एक विकेट लिए।

  • १४ कार्तिक २०८२, बिहीबार १५:१४ प्रकाशित
  • Nabintech