भाषण गर्दा गर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन
  • काँचुली खबर

१३ कात्तिक, भैरहवा । रुपन्देहीमा १३ वटा उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दाबोल्दै ढलेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु¥याइएकोमा त्यहाँ उनको मृत्यु भएको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले पुष्टि गरेका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतम बुधबार सिद्धार्थ उद्योग बाणिज्य संघमा भएको बैठकको संस्थागत रुपमै आन्दोलनमा सहभागी हुने बताएका थिए । धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरुलाई फसाएको आरोप लगाउँदै श्रमिकहरुलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।

उनले उद्योगीहरुले नियमित रुपमा मासिक रुपमै विद्युत महसुल तिर्दै आएकोमा एक्कासी चार वर्षको बिल थमाउँदा उनीहरु पीडित भएको बताएका थिए । “आम जनमानसमा भ्रम श्रृजना गरेर उद्योगीहरुले ठगेका छन भन्ने पारिएको छ, म यहीबाट प्रमाण दिन चाहन्छु उद्योगपतिले ठगेको छैन”, उनले भने, “सरकार र विद्युत प्राधिकरणको गैर जिम्मेवारीपनको कारणले यो भएको हो, यो पैसा विद्युतका कर्मचारीहरुले आफ्नो खल्टीबाट तिर्नुपर्छ ।”

उनले यो आन्दोलनलाई सांकेतिक रुपमा मात्र लिन जरुरी रहेको र २५ हजार श्रमिकहरुको रोजगारी गुम्दै गएको बताए । श्रमिकहरुलाई गुमाउन नचाहेको बताउँदा बताउँदै उनको बोली लरबरिएको थियो । “अतः यो कारणले…..” भन्दै गर्दा उनी ढलेका थिए । गौतम ढले लगत्तै उपचारको लागि उनलाई क्रिमशन अस्पताल पु¥याइएको थियो । जहाँ उनको मृत्यु भयो ।

अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवेले अस्पतालमा ल्याउने क्रममै उनको मृत्यु भैसकेको बताए । “हृदयघातका कारण नै उहाँको मृत्यु भएको हुन सक्छ,” उनले भने ।

  • १४ कार्तिक २०८२, बिहीबार १४:२८ प्रकाशित
  • Nabintech