पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
  • काँचुली खबर

२६ असोज, काठमाडौं । नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ ।

उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

महरालाई केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा उनलाई केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।

२०७९ पुस १० गते गते Fly Dubai  को Flight number FZ0587 बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी LI HANSONG ले २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेप त्रिभुवन विमानस्थल हुँदै भित्र्याएको विषयमा अनुसन्धान हुँदै जाँदा महरा तानिएका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्का समेतको जिम्मा र संरक्षणमा राखिएको ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बराबरको सुन बेचबिखन गरी आपराधिक समूहमार्फत आपराधिक लाभ लिएको देखिएको सीआईबीले जनाएको छ ।

  • २६ आश्विन २०८२, आईतवार १७:०८ प्रकाशित
  • Nabintech