बाँकेमा चार सय १५ नयाँ मतदाता थपिए
  • काँचुली खबर

२६ असोज, नेपालगन्ज । बाँकेमा विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु भएपछि हालसम्मको अवधिमा चार सय १५ जना नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार असोज महिनाको पहिलो सातादेखि सुरु भएको विशेष नामावली सङ्कलनमा हालसम्म सो सङ्ख्यामा नयाँ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार दर्ता गराउनेमध्ये अधिकांश युवापुस्ताका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले भने, ‘नामावली सङ्कलन दैनिक रूपमा बढ्दै गएको छ । त्यसमा पनि ३५ वर्ष मुनिका उमेर समूहका व्यक्तिहरूको सहभागिता बढी छ ।’ निर्वाचन कार्यालयले असोज ६ गतेदेखि स्थानीय तहहरूलाई पत्राचार गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य अघि बढाएको हो ।

कार्यालयले नागरिकता प्रमाणपत्र, विवाह प्रमाणपत्र लगायत आवश्यक कागजातका आधारमा बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई पनि दर्ता गर्न सकिने व्यवस्था गरेको छ । निर्वाचन अधिकारी शाहीका अनुसार हाल बाँकेमा ३ लाख ३३ हजार ९ सय ३४ मतदाता दर्ता भएका छन् । तीमध्ये एक लाख ६९ हजार ८ सय ७६ पुरुष, १ लाख ६४ हजार ४९ महिला र ९ जना अन्य मतदाता रहेका छन् ।

उनका अनुसार यस पटकको प्रक्रिया विगतको सामान्य नामावली सङ्कलनभन्दा फरक ढङ्गले गरिएको छ । एक साताको अवधिमा ४० जनाको नाम अद्यावधिक तथा त्रुटि सच्चाउने काम भएको र १७ जनाको स्थानान्तरण गरिएको उनले बताए ।

आयोगका अनुसार अनलाइनमार्फत नाम दर्ता, अद्यावधिक र त्रुटि सच्याउने कार्य भइरहेको छ । बाँके जिल्लाभित्र नेपालगन्ज उप-महानगरपालिका र कोहलपुर नगरपालिकाबाट सर्वाधिक नागरिकले नाम दर्ता गराएका छन् ।

  • २६ आश्विन २०८२, आईतवार १३:५० प्रकाशित
  • Nabintech