२५ असोज, सुर्खेत । मध्यरात राउटे बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति १२ बजे लेकबेशी नगरपालिका-९ चौरासे नजिकैको जङ्गलमा बस्दै आएका राउटे समुदायको बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोजेको आरोपमा लेकबेशी-५, नेटाका राजु रजालीलाई नियन्त्रणमा लिइएको हो ।
मदिरा सेवन गरी राउटे महिला एक्लै भएको छाप्रोमा प्रवेश गरेका उनलाई राउटे युवाहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । राउटे महिलाले नै आफूलाई जबरजस्ती गर्न खोजेको बताएपछि बस्तीकै युवाहरूले समातेर राखेको राउटे समुदायसँग काम गर्दै आएकी कर्मचारी दुर्गा खत्रीले जानकारी दिइन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दुर्व्यवहार भएको घटना जानकारीमा आएपछि शनिवार बिहान बस्तीमै पुगेर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढथापाले बताए । पक्राउ परेका युवकबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पनि चासो राखेको छ । थप जानकारी लिन दुवै टोली बस्तीमा पुगेको जनाइएको छ ।
२५ आश्विन २०८२, शनिबार १७:१० प्रकाशित