२४ असोज, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको विरोध गर्न नमिल्ने बताएका छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीकै सहमति र सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेकाले जनाउँदै अहिले विरोध गर्नुको कुनै तुक नहुने उनले बताए । केही दिनअघि ओलीले कार्कीलाई ुहाहाहुहुु को प्रधानमन्त्री भनेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
राष्ट्रिय सङ्कटको अवस्थामा आवश्यकताको सिद्धान्त अनुसार जेनजी युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई नियुक्त गरिएको भए पनि संवैधानिक प्रक्रियामा ओली नै सिफारिसकर्ता रहेको खुलासा प्रचण्डले गरेका हुन् ।
शुक्रबार सम्पादकहरुसँग कुराकानी गर्दै भने, ‘सुशीला कार्की ओलीजीकै सिफारिसमा प्रधानमन्त्री बन्नु भएको हो । त्यसको साक्षी हामी पनि छौँ । कम्तिमा उहाँले आफैंले सिफारिस गरेको व्यक्तिलाई हाहाहुहुमा प्रधानमन्त्री बनेको भनेर भन्न मिल्दैन ।’
अहिले सुशीला कार्कीलाई सहयोग गरेर जानुपर्नेमा जोड दिँदै प्रचण्डले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताए । यो नै सबै दल तथा देश हितमा हुने उनको भनाइ छ ।
‘राष्ट्र सङ्कटमा छ भन्नेमा सबैको सहमति देखियो’ प्रचण्डले भने, ‘यसको समाधानका लागि राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी सबै सम्मिलित राष्ट्रिय राजनीतिक सहमतिको खाँचो छ ।’
२४ आश्विन २०८२, शुक्रबार १६:५७ प्रकाशित