नख्खु जेलबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ
  • काँचुली खबर

८ असोज, काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर नख्खु जेलबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारी भक्तपुरका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शर्मालाई आज ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

५० वर्षीय शर्मा भारतीय प्रहरीको सहयोगमा २०८० असार दोस्रो साता मुम्बईबाट पक्राउ परेका थिए ।

उपत्यकाका तीनवटै जिल्लासहित देशका विभिन्न ठाउँमा शाखा रहेको शिवशिखरले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सीआईबीमा उजुरी परेको थियो। उनीमाथि १४ अर्ब रूपैयाँभन्दा बढी बचत हिनामिनाको आरोप छ ।

उनले २०७७ मा भक्तपुरमा सञ्चालित शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारीलाई गाभेर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था खोलेका हुन् । मोरङमा सञ्चालित तुलसी सहकारी संस्था पनि उनले नै खोलेका हुन् । आर्थिक अपचलनका कारण सबै सहकारी डुबेपछि उनी भागेर भारत गएका थिए ।

  • ८ आश्विन २०८२, बुधबार १८:०९ प्रकाशित
  • Nabintech