थप ४ जना मन्त्रीमा सिफारिस, भाेली नियुक्त हुने
  • काँचुली खबर

५ असाेज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद विस्तारकाे तयारी गरेकी छन् । हालकाे ४ सदस्यीय मन्त्रीपरिषदमा उनले थप ४ जना थप्ने तयारी गरेकी हुन् ।

आन्दोलनकारी विभिन्न स्टेकहोल्डरसहितको सल्लाहमा आज साँझसम्म ४ मन्त्रीहरुको नाम टुंगो लागेकाे छ । नयाँ मन्त्रीकाे नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएकाे छ । भाेलि उनीहरुलाई नियुक्त गरेर सपथग्रहणकाे तयारी रहेकाे स्राेतले बतायाे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हालसम्म स्वास्थ्य मन्त्रालयकी सचिव संगीता मिश्रा, आविश्कार वैज्ञानिक महाविर पुन, टेलिभिजनकर्मी जगदीश खरेल र पूर्व न्यायाधीश अनिल सिन्हालगायतको नाम मन्त्रीकालागी फाइनल भएको छ ।

स्राेतका अनुसार स्वास्थ्य मन्त्रीमा मिश्रा, विज्ञानमा महावीर, सञ्चारमा खरेल र कानूनमा सिन्हाको सम्भावना देखिएको हाे ।

यीबाहेक जेनजी आन्दोलनकारीकै प्रतिनिधित्व पनि गराउन दबाब छ, तर कसलाई आधिकारिक मान्ने भन्ने विवादले सिंहदरवारमा बबण्डर भइराखेको छ ।

  • ५ आश्विन २०८२, आईतवार २१:०१ प्रकाशित
  • Nabintech