३ असोज, कोहलपुर । ११औं संविधान दिवसको अवसरमा माओवाद्री केन्द्रले बाँकेमा पालिकास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आयोजनामा कोहलपुर, नेपालगन्ज, खजुरा र नरैनापुरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरीएको हो ।
कोहलपुर नगर समिती र बैजनाथ गाँउ समितीको संयुक्त आयोजनामा कोहलपुरस्थित सहिद स्मृती केन्द्रमा, खजुरा गाउँपालिका कमिटी र जानकी गाउँपालिका समितिको संयुक्त आयोजनामा खजुरामा, राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको संयुक्त आयोजनामा सहिद स्मृति पार्क फत्तेपुरमा तथा नेपालगन्जमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्याक्रम सम्पन्न भएको माओवादी केन्द्रले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधि, विभिन्न टोलस्तरीय समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सहभागीहरूले संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा मनाउँदै लोकतान्त्रिक अधिकारको रक्षा, सामाजिक न्याय र समावेशी विकासलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

नेताहरूले आफ्ना सम्बोधनमा संविधानले सुनिश्चित गरेका हक-अधिकारलाई कार्यान्वयन गर्ने जिम्मेवारी माओवादी केन्द्रले अग्रणी रूपमा निर्वाह गर्ने बताएका थिए ।
साथै, पार्टी संगठनलाई अझ सबल बनाउन निरन्तर जनताबीच जाने र आधारभूत समस्या समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता पनि व्यक्त गरिएको थियो ।

३ आश्विन २०८२, शुक्रबार १७:०२ प्रकाशित