३१ भदौ, काठमाण्डौं । जनमत पार्टीले आफ्नै पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले मधेश प्रदेशसभामा त्यस विषयमा औपचारिक पत्र मंगलबार दर्ता गराएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘हाम्रो दल जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्तासहित मुख्यमन्त्रीरमन्त्री लाई फिर्ता बोलाइएको जानकारी मधेश प्रदेश प्रमुखको कार्याललाई मिति २०८२ भदौ २८ गते नै गराइसकेको सो को जानकारीसहित सदनमा हाम्रो दलको सोही अनुसार व्यवस्थापनका लागि अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।
मधेश प्रदेशमा जनमत पार्टीको तर्फबाट सतिश कुमार सिंहको नेतृत्वमा सरकार रहेको छ । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले जेनजी आन्दोलनको क्रममा प्रदेश सरकारबाट फिर्ता आउन मुख्यमन्त्री सिंहलाई निर्देशन दिएका थिए ।
सोही बमोजिम सिंहले सामाजिक सञ्जालमा मुख्यमन्त्रीबाट राजीनामा दिएको भन्ने हल्ला चलेपनि पछि उनले प्रदेश प्रमुखलाई लिखित राजीनामा नदिएको तथा आफू मुख्यमन्त्रीमा रहिरहने भन्ने कुरा आएपछि पार्टीको प्रदेश संसदीय दलका नेताले उक्त पत्र प्रदेशसभामा दर्ता गराएका हुन् ।
मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख आएपछि आफूले निर्णय लिने बताएका छन् । मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारी हाल बिदामा रहेको र उनी बुधबार आउने जानकारी पाएको मुख्यमन्त्री सिंहले बताए ।
यससँगै मधेशमा नयाँ सरकारको गठनको आन्तरिक गृहकार्य शुरू भएको छ ।
३१ भाद्र २०८२, मंगलवार १७:०५ प्रकाशित