सिमलामा जिप दुर्घटना, सल्यानका चारजनाको मृत्यु
  • काँचुली खबर

३१ भदौ, कोहलपुर । मजदुरीका लागि भारतमा रहेका चारजना नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ। भारतको हिमाचल प्रदेशको सिमला कोटखाईमा भएको जिप दुर्घटनामा परी सल्यानका कुमाख गाउँपालिकाका चारजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा एकै परिवारका तीनजना छन्।

सोमबार गाडी दुर्घटनामा परी सल्यानको कुमाख गाउँपालिका-४ का ३७ वर्षीय राजेश विष्ट, ४७ वर्षीय डिल्लीबहादुर शाही, ३७ वर्षीय एकेन्द्र शाही र २४ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

काममा जाँदै गर्दा पिकअप गाडी दुर्घटनामा परेर चारैजनाको घनास्थलमै मृत्यु भएको बुझिएको छ । कुमाख गाउँपालिका-४ का वडाध्यक्ष शोभीलाल बस्नेतका अनुसार मजदुरीका लागि गएका एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमा छ ।

लक्ष्मी एक वर्षअघि र अन्य तीनजना असारमा खेतीपाति सकेर मजदुरीका लागि सिमला गएका थिए ।

  • ३१ भाद्र २०८२, मंगलवार १६:२८ प्रकाशित
  • Nabintech