२८ भदौ, नेपालगन्ज । जेनजी आन्दोलनका क्रममा नेपालगञ्ज बाल सुधार गृह र काठमाडौं डिल्लीबजार कारागारबाट भागेका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका-३ रुकुमपश्चिम गोतामकोट निवासी कर्तव्य ज्यान मुद्दाका कैदी १७ वर्षीय मनिष विष्ट रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए । उनका अनुसार विष्ट यही भदौ २५ गते नेपालगञ्जस्थित हिर्मुनियामा रहेको बालसुधार गृहबाट फरार रहेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
काठमाडौं डिल्लीबजार कारागार कार्यालयबाट भदौ २४ गते फरार रहेका वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेत वामेखोला निवासी कर्तव्य ज्यान मुद्दाका कैदी ३१ वर्षीय गणेश नेपालीलाई पक्राउ गरिएको प्रवक्ता बुढ्थापाले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक किशोर खत्री नेतृत्वको टोलीले दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला कारागार सुर्खेतमा पठाइएको उनले जानकारी दिए ।
२८ भाद्र २०८२, शनिबार १५:२६ प्रकाशित