जेन्जी आन्दोलनमा माओवादीका १९ नेताको घरमा आगजनी र लुटपाट
  • काँचुली खबर

प्रचण्डको खुमलटारस्थित निवास ।

२८ भदौ, काठमाडौं । जेन्जी आन्दोलनमा घुसपैठ हुँदा माओवादी केन्द्रका १९ जना नेताको घर जलेका छन् । नेकपा माओवादी केन्द्रका प्रारम्भिक रिपोर्ट अनुसार अध्यक्ष पुष्पकमल दाहालसहित १९ नेताका घर जलेका हुन् ।

काँग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्ण्यताका शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल नेकपा (माओवादी केन्द्र) का नेताहरू जेन-जी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेको पार्टीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हालसम्म प्राप्त विवरणअनुसार अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको माओवादी केन्द्रको भनाई छ ।

कसको के भयो ?

१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।
२. वरिष्ठ उपाध्यक्ष  नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।
८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट।
९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।
१५. केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त
१६. केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी।
१७. केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त
२०. बाँकी थप क्षतिको विवरण संकलन हुँदै ।

  • २८ भाद्र २०८२, शनिबार १४:४१ प्रकाशित
  • Nabintech