जिल्ला अदालतबाट ६ बोरा सुन निकालियो
  • काँचुली खबर

फाईल तस्बिर ।

२७ भदौ, काठमाण्डौं । बबरमहलस्थित जिल्ला अदालत काठमाडौंको स्टोरबाट छ बोरा सुन निकालिएको छ । मंगलबार तोडफोडपछि ध्वस्त बनेको अदालत भवनबाट निकालिएको छ बोरा सुन र चाँदी नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा बुझाइएको छ ।

अदालतमा फेला परेको सुन र चाँदीबारे अदालत र राष्ट्र बैंकका अधिकारीहरुले बताउन चाहेनन् । अदालत स्रोत भन्छ, ‘सही सलामत हालतको बोरा बाहिर सेतो कपडाले मोरेर लाहा छाप लगाएका बोराको धातु सुरक्षाको लागि राष्ट्र बैंकमा बुझाइएको छ । तौल गर्दा एक बोरामा १७ देखि १८ केजीको हाराहारीमा रहेका ती सामानभित्र सुन वा चाँदी भन्ने खुलेको छैन । एक सय केजीभन्दा बढीको उक्त धातुमध्ये धेरै सुन हुनसक्छ ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रहरीले पक्रेको चोरीको अवैध सुन र चाँदी मुद्दा विचाराधीन रहेको अवस्थामा अदालतमा राखिएको थियो । त्यस्तो सुन र चाँदीको हिसाब राखिएका फाइल र रजिष्टर डढेकाले अदालतको स्टोरमा सुन र चाँदी कति थिए भन्ने हिसाब निकाल्न गाह्रो भएको बताइन्छ । वर्षौंदेखिको त्यस्तो सुन र चाँदी धेरै भएकाले आगलागी र लुटपाटमा अरु बोरा हराएको हुनसक्ने अनुमान केहीको छ ।

राष्ट्र बैंकका अधिकारीहरुले अदालतले प्रक्रिया पुर्याएर ल्याएको छ बोरा धातु प्रक्रिया पुर्याएर सुरक्षितसाथ ढुकुटीमा राखिएको बताए । मुद्दा जितेको अवस्थामा ती सुन तथा चाँदी सम्बन्धित व्यक्ति वा फर्मलाई दिने अन्यथा प्रचलित भाउमा राष्ट्र बैंकलाई बेचेर रकम राजश्व दाखिला गर्ने प्रचलन छ । आज नेपाली बजारमा सुनको भाउ प्रति तोला दुई लाख १५ हजार आठ सय छ । हिजो भेटिएको करिब एक सय केजी सुनलाई तोलामा परिणत गर्दा करिब ९ हजार तोला हुन आउँछ ।

  • २७ भाद्र २०८२, शुक्रबार १६:१७ प्रकाशित
  • Nabintech