२४ भदाै, काठमाडौँ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइने भएको छ । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ । विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ ।’
            
                
                    
वर्गीकृत विज्ञापन
                
                
                    
                        
                                                            
                                    
                                        
                                            निर्माणका लागि
                                            “निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                     
                        
                        
                     
                 
             
            
‘यस अकल्पनीय घटनाले हामी सबैलाई गहिरो पीडा दिएको छ । हामी दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दछौँ । शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यस्तो दुःखद बिषयमा निर्णय लिनु परेको यस मार्मिक र पीडादायी घडीमा, मिति २०८२ भाद्र २४ र २५ गते शोक बिदा दिने निर्णय गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त सिवज्ञप्तिमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।

     २४ भाद्र २०८२, मंगलवार ०७:५३ प्रकाशित