२२ भदाै, काेहलपुर । बाँकेकाे शम्शेरगंजमा यात्रु वहाक अटाे रिक्सा दुर्घटना हुँदा ६ जना घाईते भएका छन । आईतबार बिहान ११ बजे भएको सम्बन्धमा राप्तिसोनारी ८ शम्शेरगंज स्थित शिवशक्ति स्कुल नजिक अटाे रिक्सा दुर्घटनामा परेकाे थियाे ।
शम्शेरगंज देखि कोहलपुर आउदै गरेको अटो अनियन्त्रित भइ दुर्घटना हुदा उक्त अटोमा सवार साेहि ठाउँ बस्ने २७ वर्षिया सर्मिला बुढथोकि, २६ वर्षिया पुष्पा कुमारी कुमाल, २८ वर्षिया ललिता पुन, २६ वर्षिया गिता ठकुरी र उनका ३ वर्षिय छाेरा लोकेन्द्र ठकुरी र ४५ वर्षिया शोभा घर्ती घाइते भएका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घाईतेहरूकाे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ । घाईतेमध्ये ललिता पुनकाे अवस्था गम्भीर रहेकाे अस्पताल स्राेतले जनाएकाे छ । उनकाे टाउकाेमा चाेट लागेकाे छ । अन्य घाईतेकाे अवस्था भने सामान्य रहेकाे बताईएकाे छ ।
प्रहरीले अटाे चालक राप्तिसाेनारी २ का २१ वर्षिय प्राताप चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाईएकाे जनाएकाे छ ।
२२ भाद्र २०८२, आईतवार १५:१३ प्रकाशित