आज राति खग्रास चन्द्रग्रहण, यी राशी भएकाले हेर्न मिल्ने
  • काँचुली खबर

२२ भदौ, काठमाण्डौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

पञ्चाङ्गहरूका अनुसार १०:११ मा ग्रहण स्पर्श, ११:१५ बजे सम्मीलन, ११:५६ बजे मध्य, १२:३८ बजे उन्मिलन र १:४१ बजे मोक्ष हुनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट यो ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने खगोलशास्त्री प्रा.डा. जयन्त आचार्यले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

फलित ज्योतिशास्त्रअनुसार मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकालाई ग्रहण नहेर्न निर्देश गरिएको छ । अन्य राशिकाले भने हेर्न सक्ने बताइएको छ । मेष राशि भएकालाई लाभ, वृषलाई सुख, मिथुनलाई माननाश र कर्कटलाई कष्ट फल रहेको बताइएको छ । यस्तै सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता र वृश्चिकलाई व्यथा फलादेश गरिएको छ । धनुलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएकालाई व्यय फल प्राप्त हुने बताइएको छ ।

शतभिषा र पूर्वाभाद्रपदा नक्षत्र र कुम्भ राशि भएकालाई यो ग्रहणले अति कष्ट दिने पञ्चाङ्गमा उल्लेख छ ।

पौराणिक मान्यताअनुसार ग्रहणको केही समयअघिदेखि सुतक लाग्छ । दिउँसो १ः११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ । चन्द्रग्रहण अवधिमा मन्त्रजप र हवनजस्ता कार्य गर्न निर्देश गरिएको छ । शयन, खानपिन तथा मैथुन जस्ता कार्यलाई निषेध गरिएको छ ।

यो वर्ष फागुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने पञ्चाङ्गमा उल्लेख छ ।

  • २२ भाद्र २०८२, आईतवार १४:३३ प्रकाशित
  • Nabintech