चीनले प्रदर्शन गर्यो नयाँ अस्त्र, कसैसँग नडराउने सीको भनाई (तस्बिरहरु)
  • काँचुली खबर

१८ भदौ, काठमाण्डौं । चीनको विजय दिवस परेड सम्पन्न भएको छ। यस परेडमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ।  चीनको राजधानी बेइजिङमा भव्य सैन्य परेड सुरु हुनुभन्दा अघि राष्ट्रपति सी जिन्पिङले चीन ‘अरोधनीय’ भएको र धाकधम्की दिनेहरूसँग ‘कहिल्यै नडराउने’ र सधैँ ‘अगाडि बढ्ने’ उद्घोष गरेका छन्।

उक्त समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ-अनसहित २६ देशका नेताहरू सहभागी भए । सी, पुटिन र किम सँगसँगै एउटै कार्यक्रममा उपस्थित भएको यो पहिलो अवसर हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

चीनले विशाल सैन्य परेडमा पहिलो पटक सार्वजनिक गरेका नयाँ अस्त्रहरूमा लेजर हतियार, परमाणुअस्त्र बोक्न सक्ने बलिस्टिक क्षेप्यास्त्र र पानीमुनि प्रयोग गरिने विशाल ड्रोनहरू पनि छन् ।

त्यहाँ चीनले आफूले बनाएको अन्तरमहादेशीय परमाणु बलिस्टिक क्षेप्यास्त्रको नयाँ संस्करण प्रदर्शन गर्‍यो । उक्त क्षेप्यास्त्रे १२ वटासम्म युद्धशीर्ष बोक्न सक्छ ।

अस्त्र प्रदर्शन

परेडमा प्रदर्शित दोङ्फेङ-५ क्षेप्यास्त्र अन्तरमहादेशीय रणनीतिक परमाणुअस्त्र हो । त्यो तरल इन्धनबाट चल्छ । चीनको उत्तरी क्षेत्रबाट प्रहार गर्न सकिने गरी त्यसको डिजाइन गरिएको छ ।

उक्त क्षेप्यास्त्र अमेरिका र पश्चिम युरोपसम्म प्रहार गर्न सकिने गरी ठूला परमाणुअस्त्र बोक्न सक्षम रहेको सेन्टर फर स्ट्रटजिक एन्ड इन्टरन्याश्नल स्टडीज नामक थिङ्क ट्याङ्कले जनाएको छ ।

चीनले जापानविरुद्ध भएको लडाइँ तथा द्वितीय विश्वयुद्ध टुङ्गिएको ८०औँ वार्षिकोत्सवका अवसरमा ‘भिक्टरी डे’ परेड आयोजना गरेको हो ।

तिआन्अन्मेन स्क्वाएरमा आयोजित उक्त परेडमा हजारौँ सैनिकहरू सहभागी भए । झन्डै ५०,००० आमन्त्रित दर्शकहरूले उक्त कार्यक्रम अवलोकन गरे ।

सीले के भने

परेड समारोहमा सम्बोधन गर्दै सीले मानव सभ्यता जोगाउन चिनियाँ जनताले गरेको ‘विशाल राष्ट्रिय बलिदान’ बारे बोले ।

‘इतिहासले हामीलाई मानवता एकसाथ उत्थान र पतन हुने कुरामा सजग गराउँछ’ उनले भने । ‘चीन कहिल्यै पनि कुनै पनि धम्कीबाट डराउँदैन र सधैँ अगाडि बढ्छ।’

‘नयाँ यात्रा, नयाँ युग’ भन्दै उनले आफ्नो मन्तव्यमा ‘सबै जातीय समूहका चिनियाँ जनता’लाई चिनियाँ कम्युनिस्ट पार्टीको अनुसरण गर्न आग्रह गरे।

‘हामी चिनियाँ विशेषतायुक्त समाजवादको बाटोमा दृढतापूर्वक रहनुपर्छ। हामी उद्यम र सङ्कल्पका साथ अघि बढ्नुपर्छ’ उनले भने।

परेडअघि अमरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीन, रुस र उनीहरूका सहयोगीहरूबीचको सम्बन्धमा देखिएको न्यानोपनले विश्वमञ्चमा अमेरिकालाई चुनौती दिने कुरालाई अस्वीकार गरेका छन्।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले राष्ट्रपति सी जिन्पिङसँग आफ्नो ‘राम्रो सम्बन्ध’ रहेको र चीनलाई ‘हामी बढ्ता चाहिएको’ टिप्पणी गरे।

अन्तर्राष्ट्रिय चासो

चीनको सैन्य परेडलाई अब पेन्टागनका विज्ञहरू र विश्वभरि रक्षा अधिकारीहरूले विश्लेषण गर्ने बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनर बताउँछन्।

चिनियाँ जनमुक्ति सेना (पीएलए)ले व्यापक सैन्य आधुनिकीकरण कार्यक्रम सुरु गरेको र त्यसले केही क्षेत्रमा अमेरिकालाई पनि उछिनेको छ।

ध्वनिको गतिभन्दा पाँचगुना बढी गतिमा यात्रा गर्ने हाइपर्सोनिक क्षेप्यास्त्र निर्माणमा चीनलाई अग्रणी मानिन्छ।

चीनले आर्टिफिशल इन्टलिजन्स र स्वचालित अस्त्रमा समेत व्यापक लगानी गरेको छ।

तीमध्येको एउटा उदाहरण एजेएक्स००२ नामक १८ मिटर लामो पानीमुनि परमाणु ऊर्जाबाट चल्ने ठूलो ड्रोन हो।

यद्यपि परमाणुअस्त्रमा अझै चीन रुस र अमेरिकाभन्दा धेरै पछाडि छ।

ती दुई देशसँग त्यस्ता हजारौँ क्षेप्यास्त्र छन्। चीनसँग सयौँको सङ्ख्यामा परमाणुअस्त्र छन्। तर उसले परमाणुअस्त्रको सङ्ख्या बढाउनुका साथै त्यसको विकासमा नवीन तरिकाको खोज समेत गरिरहेको छ।

 

  • १८ भाद्र २०८२, बुधबार १३:११ प्रकाशित
  • Nabintech