बाँकेमा ‘लम्पी स्किन’ को सङ्क्रमण फैलियो
  • काँचुली खबर

फाईल तस्बिर ।

१७ भदौ, नेपालगन्ज । बाँकेका ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । जिल्लाका आठ मध्ये सात वटा स्थानीय तहका पशु चौपायामा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात वटा स्थानीय तहमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको जानकारी दिए । सात स्थानीय तहका १५० भन्दा बढी पशु चौपायामा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको र सो बढ्ने क्रममा रहेको उनको भनाइ छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘लम्पी स्किन’ को सङ्क्रमण देखिएका पशु चौपायाको प्रारम्भिक उपचारसँगै २५ हजार खोप माग गरिएको छ। बुधवारसम्ममा खोप आइपुग्ने र त्यसपछि लगाउने प्रक्रिया सुरु हुने सूचना अधिकारी रावलले बताए ।

राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका केही क्षेत्रमा लम्पी स्किन संक्रमण देखिएको विज्ञ केन्द्रले जनाएको छ।

जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले किसानलाई अनुदानमा ‘लम्पी स्किन’ को औषधि उपलब्ध गराइएको र कतिपय औषधि नेपालमा नपाइएकाले भारतको रुपैडिहाबाट ल्याएर पनि लगाउने गरिएको बताए ।

राप्तीसोनारीका पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीले गाउँपालिकाको वडा नम्बर १, २ र ६ लगायतका वडामा सङ्क्रमण बढी देखिएकाले ‘भ्याक्सिन’का लागि विज्ञ केन्द्रलाई पत्राचार गरिएको बताए ।

बुधबारसम्म बाँकेमा खोप पुग्ने र त्यस लगत्तै स्थानीय तहलाई संक्रमणका आधारमा खोप वितरण गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ।

  • १७ भाद्र २०८२, मंगलवार १६:१६ प्रकाशित
  • Nabintech