१६ भदौ, कोहलपुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट समानुपातिक सूचीका उम्मेदवार डा. लेखजंग थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी केही महिना अघिसम्म नाउपामा थिए ।
उनलाई नौ जना बीचको प्रतिस्पर्धाबाट छानेर उम्मेदवार बनाइएको रास्वपाको भनाइ छ । थापा २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ नाउपाको समानुपातिक सूचीमा थिए । सूचीमा प्राथमिकता क्रमको पाचौं नम्बरमा रहेका थापा अहिले रुपन्देही निर्वाचन ३ को उपचुनावमा रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
थापा नाउपाको टीकापुर महाधिवेशनबाट उपाध्यक्षमा चयन भएका थिए । पत्नी नुमा शर्मालाई नाउपाले लुम्बिनी योजना आयोगको सदस्य बनाएको थियो । जबकी डा. थापामाथि बहुपत्नी अंगालेको आरोप लगाउँदै रास्वपमा उजुरी गरिएको थियो।
उनीविरुद्धको बहुपत्नी उजुरीबारे पार्टी नेताहरुले नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई जानकारी गराएका थिए । तर, आफैँ धेरै पत्नीका पति सभापतिले त्यसबारे कुनै जवाफ नदिएको बताइन्छ ।
१६ भाद्र २०८२, सोमबार १२:३५ प्रकाशित