सह-महामन्त्री राठौरको भाषणले बाँके काँग्रेसमा खैलाबैला
  • काँचुली खबर

१५ भदौ, कोहलपुर । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले एक कार्यक्रममा दिएको अभिब्यक्ती बाँकेका काँग्रेसी नेता-कार्यकर्ताबिच वहषको विषय बनेको छ । जिल्ला सभापति नारायण प्रसाद गौडेलमाथि व्यक्तिगत टिप्पणी गरेपछि स्थानीय नेता तथा कार्यकर्ताले असन्तुष्टि ब्यक्त गरेका छन ।

शुक्रबार नेपालगन्ज भएको एक कार्यक्रममा राठौरले सभापति गौडेलले आफूलाई चुनाव हराउन लागिपरेको टिप्पणी गरे । सह महामन्त्री राठौरले पार्टी विधान नबुझी विद्रोही व्यक्तिलाई पार्टी प्रवेश गराउन खोजेको आरोप समेत लगाए । सह-महामन्त्री राठौरले “कक्षा ४ पनि नपढेका सभापतिले के विधान बुझ्लान्” भन्ने कटाक्ष गर्दै सार्वजनिक रूपमा अपमान गरेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

राठौरको भनाइ सार्वजनिक भएपछि काँग्रेस नेता कार्यकर्तादेखि विपक्षी दलका नेतासम्मले आपत्ति जनाएका छन्।

कोहलपुर-८ का वडाअध्यक्ष लालबहादुर रानाले सामाजिक सञ्जालमा लेखेका छन्, “नियत र क्षमतै नभएका मान्छेले नैतिकताको कुरा गर्छन् । नारायण गौडेल काँग्रेसको सम्पत्ति र सान हुन्, कसैका दास होइनन् ।”

एमाले नेता प्रमोद धितालले पनि राठौरको अभिव्यक्ति असोभनीय र निन्दनीय भएको टिप्पणी गर्दै गौडेललाई “काँग्रेसको असल सिपाही” भनेका छन् ।

त्यस्तै, फेसबुकमा छविलाल डाँगीले लेखेका छन, “पार्टीको विधान र अनुशासनको प्रसङ्ग उठाउँदै, नेताले सामाजिक सञ्जालमार्फत दिएको यस्तो टिप्पणीले पार्टीलाई फाइदा भन्दा बेफाइदा हुने चेतावनी दिएका छन् ।”

सभापति गौडेलका समर्थनमा धेरै नेता कार्यकर्ताले आफ्नो धारणा सार्वजनिक गरेका छन । स्थानीय कार्यकर्ताले पार्टी हित विपरीत सार्वजनिक टिप्पणी नगर्न सह-महामन्त्री राठौरलाई सुझाव समेत दिएका छन ।

बाँके क्षेत्र नं. ३ का संघिय साँसद समेत रहेका राठौरले बुटवल पुगेर रूपन्देही नेतृत्वलाई पानीमा डुबेर मर्न सल्लाह दिएका छन ।

  • १५ भाद्र २०८२, आईतवार १२:५९ प्रकाशित
  • Nabintech