कार्यालय सहयोगीबाट वडाध्यक्ष भएका गुरुङ : रोजगारीकालागी बिदेश गए, एक वर्षपछि फर्किएर पद सम्हाले
  • काँचुली खबर

१४ भदौ, कोहलपुर । दाङको राप्ती गाउँपालिका-८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ विदेशबाट फर्किएका छन् । बहाल भएकै अबस्थामा रोजगारीका लागि बेलायत गएका अध्यक्ष गुरुङ एक वर्षपछि फर्किएका हुन्। उनी अघिल्लो वर्ष साउन २० मा विदेश गएका थिए। ‘म एक हप्ताअघि मात्रै दाङ आए’, उनले भने ‘वडाअध्यक्षको जिम्मेवारी सम्हालेको दुई/तीन दिन भयो ।’

कार्यपालिकाबाट अनुमति नलिएको भएपनि जानकारी गराएर विदेश गएको उनले बताए। वडा सदस्य चम्फा पुनलाई कार्यवहाक दिएर गएको उनले उल्लेख गरे । यद्यपी अनुमति नलिएर विदेश जाने र पुनः आएर पद सम्हाल्ने कुराको कार्यपालिका सदस्यहरुले भने विरोध जनाएका छन् । उनी बैठकमा आएपछि शुक्रबार भएको कार्यपालिका बैठक समेत चल्न सकेन।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गुरुङ बैठकमा सहभागी भएपछि उनलाई कुरा राख्न दिइएको थियो । तर, उनको कुरा चित्त बुझ्दो नभएपछि प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, वडा-४ का अध्यक्ष वीरबहादुर चौधरी, वडा-६ का अध्यक्ष दीपक कुमार चौधरी, कार्यपालिका सदस्य रण बहादुर पुजालीले फरकमत दर्ज गरेर बाहिरिएका थिए । ‘जानकारी नदिएर एक वर्ष विदेश गएर हराउने, अनि अहिले आएर पद सम्हाल्ने कुरा गैर जिम्मेवारी हो, जनताप्रतिको धोका हो’, पालिका प्रवक्ता चौधरीले भने, ‘हामीले सुरुमा कुरा राख्न दियौं, त्यसपछि बाहिर जान सुझाब दियौं, तर, उहाँ नगएपछि हामी आफैले असहमति दर्ज गरेर निस्केका हौं ।’

प्रवक्ता चौधरीका अनुसार अध्यक्ष गुरुङ अब विदेश नजाने र बाँकी कार्यकाल वडाध्यक्षका रुपमा काम गर्ने भनि प्रतिबद्धता जनाएका थिए। तर, त्यसरी मनलाग्दी तरिकाले जाने कुरा जनमतमाथि अपमान भएको उनको भनाइ छ । गुरुङलाई कार्यपालिका बैठकमा समेत नबोलाउँदा पनि आफैँ आएको पवक्ता चौधरीको भनाइ छ। गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले वडाध्यक्ष गुरुङलाई हाजिर गराउने वा नगर्ने विषयमा कानुनी परामर्श लिएर मात्रै निर्णय हुने बताए ।

गुरुङ एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । २०७९ को चुनाबमा उनी विजयी भएका हुन् । उनी निर्वाचित हुनुभन्दा पहिले सोही वडाको कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।

  • १४ भाद्र २०८२, शनिबार १३:०६ प्रकाशित
  • Nabintech