८ भदौ, नेपालगन्ज । सरकारले सात प्रदेशमा सञ्चालन गर्ने उद्देश्यले सातवटा ट्विनअटर विमान खरिद गर्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्विनअटर जहाजको अभावले नियमित हवाई सेवामा समस्या भइरहेको बताए । सोही समस्या समाधान गर्न हाल मन्त्रालयले सातै प्रदेशका लागि सातवटा ट्विनअटर जहाज खरिद गर्ने प्रस्ताव अघि बढाएको उनले जानकारी दिए । यसका लागि विषयगत समितिमा प्रस्ताव अघि सारेको समेत उनले बताए । पारदर्शी मोडेलमार्फत नयाँ विमान खरिद गरी निजी क्षेत्रसँगको सहकार्यमा सेवा विस्तार गर्ने उनको भनाइ छ । उनले भने, ‘नेपाल एयरलाइन्सका दुईवटा ट्विनअटर जहाजका आधारमा मात्र समस्या समाधान हुँदैन । दीर्घकालीन सोचका साथ नयाँ विमान थप्नैपर्छ ।’
मन्त्री पाण्डेले मुलुकभर ५३ वटा विमानस्थल रहे पनि अहिले सीमित संख्यामा मात्रै जहाज सञ्चालन भइरहेको तथ्य औँल्याए । उनले भने, ‘हाम्रो देशमा ५३ वटा विमानस्थल छन्, तर ट्विनअटर विमानको संख्या घट्दै गएको छ । यसरी विमान घट्दै गएमा दुर्गम क्षेत्रका नागरिकको जीवन झनै कठिन हुन्छ । हुम्ला र लुक्लाबाहेक अरू धेरै विमानस्थल प्रायस् निष्क्रिय बनेका छन् ।’
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कर्णालीका दुगर्म क्षेत्रमा हवाई उडानलाई नियमित बनाउने पहलकदमी लिएर संघीय राजधानी काठमाडौंको सिंहदरबार आएका प्रदेश मुख्यमन्त्री यमलाल कँडेल नेतृत्वको टोलीले संघीय पर्यटनमन्त्री र विमान कम्पनी सञ्चालकसँग छलफल गरेका थिए । शुक्रबार सुर्खेत विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा हवाई उडान सञ्चालन गर्ने सम्बन्धमा आयोजित बृहत् छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले जहाज अपुग भएको जवाफ दिएका थिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल नेतृत्वको टोलीले सुर्खेतलाई आधार बनाएर सञ्चालन हुने हवाई उडान नियमित बनाउन संघीय सरकारको ध्यानाकर्षण गराएको थियो । छलफलमा मुख्यमन्त्री कँडेल, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश मन्त्रीहरूका साथै सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । छलफलका क्रममा सहभागीले कर्णाली प्रदेशका पहाडी जिल्लामा भर्खरै मात्र सडक सञ्जाल पुगेको र भौगोलिक कठिनाइका कारण हवाई सेवा अपरिहार्य रहेको धारणा राखेका थिए । मुख्यमन्त्री कँडेलले प्रदेश सरकार हातेमालो गर्न तयार रहेको भन्दै स्पष्ट कार्ययोजना बनाउन आग्रहसमेत गरेका थिए । उनले अनुमति लिँदाको समयमा गरिएको प्रतिबद्धता पालना गर्नुपर्नेमा जोड दिँदै सुर्खेत विमानस्थललाई ‘ट्विनअटर हब’का रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।
ट्विनअटर जहाज सञ्चाल गर्ने सीता एयरलाइन्सका प्रतिनिधिले यात्रु अभावकै कारण नियमित उडानमा कठिनाइ भएको बताए । एक प्रतिनिधिले सुर्खेतलाई आधार बनाएर केही उडान गरिरहेको जानकारी दिँदै जुम्ला, सिमिकोटलगायत क्षेत्रमा यात्रु भेटिए मात्र उडान गर्नुपर्ने बाध्यता रहेको बताए । राज्यले विशेष सहुलियत दिनुपर्ने माग पनि ती प्रतिनिधिको थियो ।
८ भाद्र २०८२, आईतवार १४:२६ प्रकाशित