६ भदाै, काेहलपुर । सामाजिक अभियन्ता भुम भण्डारी काेहलपुर गाेलपारस्थित भ्युटावरमा माैन धर्नामा बसेका छन । नेपालका विभिन्न भूभागहरू विशेष गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिनेगरी भारत र चिनद्वारा व्यापारीक मार्ग बनाउने गरि गरीएकाे द्विपक्षीय सम्झाैताकाे बिराेधमा भण्डारी धर्नामा बसेका हुन ।
मुखमा टेप लाएर भण्डारी १ घण्टा धर्नामा बसेका हुन । उक्त क्षेत्र नेपालको भू-भाग भएकाले उक्त सम्झाैता खारेजिकालागी सरकारले स्पष्ट र कूटनीतिक कदम चाल्नुपर्ने भन्दै भण्डारीले दवावस्वरूप साँकेतिक बिराेध जनाएका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
भारत र चीनबीचको द्रुत व्यापारिक मार्गले नेपालको अखण्डता र सार्वभौमिकतामाथि गम्भीर प्रहार गरेको उनले बताए । सीमा विवाद समाधानका लागि सरकारले ठोस पहल नगरेमा आन्दोलनको चेतावनी दिदै भण्डारीले स्वाभिमान, स्वतन्त्रता र भौगोलिक अखण्डता जोगाउन सबै नागरिकलाई जागरुक रहन र राष्ट्रिय हितमा ऐक्यबद्ध हुन आह्वान समेत गरेको छन ।
नेपालको सन्दर्भमा ऐतिहासिक, भौगोलिक र भूराजनीतिक रूपमा महत्वपुर्ण यी भूभागहरू अहिले पनि विवादित अवस्थामा रहेकोमा चिन्ता व्यक्त गर्दै अभियन्ता भण्डारीले तत्काल समस्या समाधानका लागि राष्ट्रिय राजनीतिक सहमति र अन्तर्राष्ट्रिय कूटनीतिक पहल आवश्यक भएकाेमा जोड दिए ।
६ भाद्र २०८२, शुक्रबार १७:१८ प्रकाशित