५ भदौ, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले चालु शैक्षिक सत्रका लागि करिब ४ करोड २५ लाख ४४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
विश्वविद्यालयका अनुसार सोमध्ये २ करोड ९८ लाख ७८ हजार रुपैयाँ प्रवेश परीक्षामा आधारित छात्रवृत्तिका लागि छुट्याइएको छ भने १ करोड २६ लाख ६६ हजार रुपैयाँ लक्षित वर्ग, आर्थिक रूपमा विपन्न तथा पिछडिएका क्षेत्रका विद्यार्थीहरूलाई प्रदान गरिनेछ।
            
                
                    
वर्गीकृत विज्ञापन
                
                
                    
                        
                                                            
                                    
                                        
                                            निर्माणका लागि
                                            “निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                     
                        
                        
                     
                 
             
            
छात्रवृत्ति अन्तर्गत यस वर्ष B.Tech in Civil Engineering, B.Tech in IT Engineering, B.Tech in CS & AI तथा B.Tech in IT कार्यक्रममा भर्ना हुने विद्यार्थीहरूले लाभ लिन सक्नेछन् ।
विश्वविद्यालयले मेहनती विद्यार्थीहरूको शैक्षिक क्षमतालाई प्रमाणित गर्ने र आर्थिक कठिनाइका कारण अध्ययनबाट वञ्चित हुन सक्ने वर्गलाई अवसर प्रदान गर्ने उद्देश्यले यो योजना अघि सारेको जनाएको छ ।
भर्ना सम्बन्धी सम्पूर्ण जानकारी विश्वविद्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ । प्रवेश परीक्षा फाराम २०८२ भदौ ११ गतेसम्म भर्न सकिनेछ ।
थप जानकारीका लागि ltu.edu.np तथा https://entrance.ltu.edu.np मा हेर्न सकिने विश्वविद्यालयले जनाएको छ।

     ५ भाद्र २०८२, बिहीबार १७:४८ प्रकाशित