४ भदौ, कोहलपुर । आफ्नै भवन नहुँदा बाँकेका कतिपय सरकारी कार्यालयहरू निजी घरमा सञ्चालन भइरहेका छन् । तर, कतिपय ठाउँमा घरवेटीले मनपरी भाडा असुल्न खोज्ने, अचानक भाडा वृद्धि गर्ने वा कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गर्ने गरेका घटनाले कार्यालय सञ्चालनमै समस्या उत्पन्न भएको गुनासो बढिरहेको छ ।
यस्तै एउटा घटनाले भाडामा रहेका कार्यालयहरूको असुरक्षा र समस्यालाई उजागर गरेको छ । बाँकेको अगैयामा रहेको राप्तीसोनारी गाँउपालिका हुलाक कार्यालयका कर्मचारीहरुले आफुहरु असुरक्षित भएको भन्दै कार्यालय अनेत्रै सार्न माग गरेका छन । राप्तीसोनारी २ अगैयास्थित उदय थारुको घर भाडामा लिएर बिगत १ वर्षदेखी कार्यालय संचालन हुँदै आएको छ । तर पछिल्लो केही समयदेखी घरवेटीले विभिन्न बहानामा कर्मचारीहरुलाई त्रसित बनाउनुका साथै ज्यानै लिनेसम्मको धम्की दिएको भन्दै उक्त कार्यालय अनेत्रै सार्न कर्मचारीहरुले माग गरेका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जिल्ला हुलाक कार्यालय बाँकेलाई लेखिएको पत्रमा घरभाडा सम्झौता बदर गरी कार्यालय अन्य ठाँउमा सार्न माग गरीएको छ । भाडा सम्झौता अनुसार कार्यालय संचालनमा घरवेटीबाटै अवरोध सृजना भएको तथा कर्मचारीहरुलाई बारम्बार डर, धम्की देखाई दबाबमा राख्न खोजिएको कर्मचारीहरुको गुनासो छ ।
“कार्यालयको शौचालय प्रयोग गर्न समेत घरवेटीको अनुमती लिनुपर्छ” नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने, “घरवेटीले विभिन्न बहानामा धम्की दिने, अपमानजनक व्यवहार गर्ने तथा चरित्र हत्या गर्ने प्रयास गरेका छन्, यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ।”
कार्यालय बसिरहेको घरका धनीले सामान्य फोहर व्यवस्थापन वा शौचालयसम्बन्धी विवादलाई लिएर बारम्बार समस्या सिर्जना गर्ने गरेको उनको भनाई छ । केही समय अगाडी कार्यालयको शौचालयमा घरबेटीले ताला लगाएपछि अस्थायी प्रहरी चौकी अगौयाको रोहोबरमा शौचालयको ताला खोलिएको स्मरण गर्दै उनले घरधनीले अनावश्यक दबाब सिर्जना गरेपछि कर्मचारी असुरक्षित महसुस गर्न बाध्य भएको बताए ।

कर्मचारीहरूले बताएअनुसार, घरधनी थारुले कार्यालयका हल्कारा भिम बहादुर ओलीलाई “घरको छतबाट फालेर मार्दिन्छु” भन्दै धम्की दिएका थिए । मापासे सेवन गरेर बिभिन्न समयमा झगडा गर्ने, अपमानजनक व्यवहार गर्नुका साथै ज्यान मार्नेसम्मको धम्की दिने गरेको भन्दै कर्मचारीहरुले सुरक्षाको माग समेत गरेका छन ।
कार्यालय रहेको भवनमा कर्मचारीको आवासकालागी क्वाटर समेत संचालन गरीएको छ । उक्त क्वाटरमा २ जना कर्मचारी बस्दै आएका छन । तर घरबेटीको निरन्तरको धम्कीका कारण त्यहाँ बस्न सक्ने अवस्था नरहेको कार्यालयका खरीदार जनक पुन मगरले बताए ।
यसरी निरन्तर असहयोगपूर्ण र धम्कीपूर्ण व्यवहार गर्दा कर्मचारीहरू त्रसित बनेको भन्दै उनले भने, “हामी सेवा दिने उद्देश्यले कार्यालयमा बसेका हौँ, तर बारम्बार घरधनीको धम्कीले चरित्र हत्या हुने, अपमानित हुने र असुरक्षित महसुस हुने अवस्था सिर्जना भएको छ ।”
यस विषयमा घरबेटी उदय थारुसँग बुझ्न खोज्दा उनिसँग सम्पर्क हुन सकेन ।
४ भाद्र २०८२, बुधबार १६:०३ प्रकाशित