३१ साउन, जुम्ला । शनिबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत एक बिरामीको मृत्यु भयो । उपचारको क्रममा प्रतिष्ठानमा उपचाररत हिमा गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डिकेसनाथ योगीको मृत्यु भएको हो ।
योगीको मृत्यु पछि आफन्तहरुले शव बुझेनन् । बरु अस्पताल परिसरमा डाक्टरलाई कारबाहीको माग गर्दै नाराबाजी गरे । उपचारमा गम्भीर लापरबाही गरिएको भन्दै उनीहरुले शव नबुझ्ने र डाक्टरमाथि कारबाहीको माग गरेका थिए । मृतक योगीका आफन्तहरुको दाबी अनुसार योगीको उपचारमा प्रतिष्ठानले गम्भीर लापरबाही गरेको देखिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मृतक किशोरका बुवा जगतजंग योगी प्रतिष्ठानको गम्भीर लारपबाहीका कारण आफ्नो छोराको अकालमा ज्यान गएको दाबी गर्छन् । उनका अनुसार डिकेसनाथलाई सामान्य पेट दुखेपछि गत जेठ २५ गते प्रतिष्ठानमा उपचारको लागि ल्याइएको थियो । अस्पतालले इमर्जेन्सीमा सामान्य उपचार गरेपछि उनलाई त्यही दिन राति डिस्चार्ज गरेको थियो । उनलाई पेट दुख्ने समस्या निको नभएपछि भोलीपल्ट फेरि प्रतिष्ठान लगियो । दोस्रोपटक भने प्रतिष्ठानले उनलाई भर्ना गरेको जगतनाथ बताउँछन् ।
उनको पेटको भिडिओ एक्सरे गरियो । त्यसपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताए । उनका अनुसार त्यही दिन एपेन्डिसाइटिसको अपरेसन भएको थियो ।
जेठ २७ गते चिकित्सकले पेटमा आन्द्रा बटारिएको छ, त्यसलाई सुधार गर्नुपर्छ भन्दै अर्को अपरेसन गरेको जगतनाथको दाबी छ । त्यति गर्दासमेत बिरामीलाई निको नभएपछि अस्पतालले थप उपचारको लागि भन्दै बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज रेफर गरिदियो । ‘नेपालगन्ज चेक गर्दा आन्द्रा नै नभएको रिपोर्ट आयो, जुम्लालमा नै आन्द्रा काटेर फालिएको रहेछ । हामीलाई जानकारी नै भएन, म रनभुल्लमा परे’, जगतनाथले भने ।
नेपालगन्ज मेडिकल कलेजले १८ दिनको उपचारपछि बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै पठाइदियो । प्रतिष्ठानमा उपचारकै क्रममा उनको शनिबार मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार शनिबार बिहान ४ बजे उनको निधन भएको थियो ।
प्रतिष्ठानका निमित्त निर्देशक डाक्टर सुवी बस्न्यातले यस विषयमा जिल्ला प्रशासन कार्यालयमा अस्पताल प्रशासन, मृतकका आफन्तबीच छलफल भइरहेको जानकारी दिइन् ।
३२ श्रावण २०८२, शनिबार १५:३९ प्रकाशित