नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न स्थानमा सिसि टिभी क्यामरा जडान गरिएको छ । नेपालगन्जको १६ स्थानमा ५६ वटा सिसि टिभी जडान गरि नेपालगन्जका नागरिकहरुलाई सुरक्षित महशुस गराउन सिसि टिभी क्यामरा जडान गरिएको हो ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
औद्योगिक शहरको रुपमा रहेको नेपालगन्जलाई आधुनिक सुरक्षा प्रर्णालीसँग जोडिएर सुरक्षित महशुस गराउन आधुनिक सुरक्षा प्रणाली अपनाएको नेपालगन्ज सिसि टिभि व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल बैश्यले बताए ।

समितिले पहिलो प्रयास आफैबाट गर्नुपर्ने मान्यता अनुसार समिति २५ जना पदाधिकारीहरुबाट २ लाख ५२ हजार १ सय संकलन गरि सिसि टिभी क्यामरा कोष निर्माणमा जुटेको अध्यक्ष बैश्यले बताए । १६ स्थानमा ५६ वटा सिसि टिभी क्यामराको ३३ लाख ९७ हजार २ सय ६८ रकम कुल लागत रहेको जनाएको समितिले जनाएको छ ।

विभिन्न संघ संस्था र व्यवसायीबाट सिसि टिभी क्यामरा जडानको लागि ४५ लाख ७६ हजार १ सय संकलन भएको समितिका अध्यक्ष बैश्यले बताए । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले सोमबार नेपालगन्जमा आयोजित कार्यक्रममा सिसिटिभी क्यामरा संचालनको सुभारम्भ गरे । समितिका उपाध्यक्ष जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीका अनुसार नेपालगन्जका राझा, भुजैगाउँ, कारकादौं, पुष्पलाल चोक, धम्बोझी, विपी चोक, गणेशमान चोक, भेरी अस्पताल चोक, त्रिभुवन चोक, त्रिवेणी चोक, शहीद सेतु विक चोक, बसपार्क चोक र बाईपासल लगायतका मुख्य चोकमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।

नगरका विभिन्न भागमा जोडिएका सिसिटिभी जिल्ला प्रहरी कार्यालय बाँकेको प्रत्यक्ष निगरानीमा राखिएको छ । सिसि टिभी जडानमा सहयोग गर्ने व्यक्ति संघ संस्थाका पदाधिकारीहरुलाई सहयोग गरे बापत प्रमाणपत्र प्रदान गरिएको छ ।
२१ श्रावण २०७५, सोमबार १६:५५ प्रकाशित