२५ साउन, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लागि शनिवार भएको अक्सनबाट ८ प्रेन्चाइजले कूल ३७ खेलाडी अनुबन्ध गरे ।
जसमा मोहम्द आदिल आलम सबैभन्दा आकर्षणको केन्द्र रहँदा उनीसँगै चार खेलाडीले सर्वाधिक १५ लाख मूल्य पाए । आदिल काठमाडौं गोर्खाजमा, देव खनाल र अर्जुन साउद चितवन राइनोजमा तथा पवन सर्राफ कर्णाली याक्समा अधिकतम १५ खमा अनुबन्ध भए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
तर अक्सनमा नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका देखि, उमेर समूहमा कप्तानी गरिसकेका केही चर्चित नामहरु भने अनसोल्ड रहे ।
क्याटेगोरी ए मा रहेका ३ खेलाडीलाई कुनै पनि टोलीले बोली लगाएनन् । जसमा नेपाली टिमबाट खेलिसकेका भेट्रान शरद भेषावकर र सुनिल धमला देखि सुनाम गौतम रहे ।
शरदले पहिलो सिजन चितवन राइनोजबाट खेलेका थिए भने सुनिल पहिलो सिजनमा पनि कुनै टिममा थिएनन् । सुनाम भने पहिलो सिजनमा पोखरा एभेन्जर्समा अनुबन्ध भएपनि चोटका कारण खेल्न पाएनन् ।
‘ए’ क्याटेगोरीमा रहेका ६ खेलाडी भने विभिन्न टोलीमा अनुबन्ध भए । जसमा आदिल आलम सबैको आकर्षणमा रहे । उनलाई ८ वटै फ्रेन्चाइजले बोली लगाउदा लक्की ड्र मा काठमाण्डु गोर्खाज भाग्यमानी बन्यो ।
यस्तै क्याटेगोरी ‘बी’ मा रहेका अन्य चर्चित खेलाडीहरू पनि कुनै टिममा अनुबन्ध भएनन् । जसमा राष्ट्रिय टिमबाट खेलिसकेका पृथु बास्कोटा, प्रदिप ऐरी, मौसम ढकाल ‘श्याम’ पनि रहे ।
मौसम ढकालले पहिलो सिजन कर्णाली याक्सबाट खेलेपनि दोस्रो सिजन भने उनलाई कुनै टिमले बोली लगाएनन् ।
यस्तै पहिलो सिजनमा कर्णालीबाटै खेलेका रित गौतम र भुवन कार्की, चितवन राइनोज बाट खेलेका सन्तोष कार्की, विराटनगर किंग्सबाट खेलेका अनिल खरेल, काठमाडौं गोर्खाजबाट खेलेका कृष्ण कार्की र राजु रिजाल, सुमित महर्जन, हरिशंकर शाह, अमित श्रेष्ठ लगायत खेलाडीलाई कुनै टिमले बोली लगाएनन् ।
२६ श्रावण २०८२, आईतवार १७:४३ प्रकाशित