एनपिएलका ८ टोली : कुन टिममा कस्ता छन् खेलाडी ?
  • काँचुली खबर

१५ साउन, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को मिनि अक्सन सकिएको छ । काठमाडौंस्थित एक होटलमा शनिबार भएको अक्सनमा सबै टोलीले कुल २६ खेलाडी टोलीमा अनुबन्ध गरेका छन् ।

मिनि अक्सनमा आदिल अन्सरी सबै टोलीले बोली लाउने एक मात्र खेलाडी बनेका छन् । उनी गोलाप्रथाबाट काठमाडौं गोर्खाजमा अनुबन्ध भएका हुन् । उनीसँगै देव खनाल, अर्जुन साउद र पवन सर्राफ अधिकतम मूल्यमा विक्रि हुने खेलाडी बने ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यो अक्सनसँगै हरेक टोलीले मार्की प्लेयरसहित ११ खेलाडी टिममा अनुबन्ध गरेका छन् । अब हरेक टोलीले एकएक जना खेलाडी ट्यालेन्ट हन्ट ल्याउने छन् । यस्तै ४ विदेशी खेलाडी पनि टोलीमा भित्राउनेछन् ।

विराटनगर किंग्स:

रिटेन भएकाः सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी र नरेन भट्ट ।
मिनि अक्सनबाट खरिद भएकाः सूर्य तामाङ (१० लाख) शाहिल पटेल (५ लाख), नारायण जोशी (५ लाख), शंकर राना (५ लाख) र सर्वण किस्कु (२ लाख)

जनकपुर बोल्ट्स:

रिटेन भएकाः आसिफ शेख (मार्की), अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापा मगर ।
मिनि अक्सनबाट खरिद भएकाः मायन यादव (७ लाख ७५ हजार), आदित्य महता (५ लाख), विकास आग्री (५ लाख) र सचिन भट्ट (२ लाख)

चितवन राइनोज:

रिटेन भएकाः कुशल मल्ल (मार्की), रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा र गौतम केसी ।
मिनि अक्सनबाट खरिद भएकाः देव खनाल (१५ लाख), अर्जुन साउद (१५ लाख), विपिन रावल (५ लाख), विपिन आचार्य (२ लाख), रञ्जित कुमार (२ लाख)

काठमाडौं गुर्खाज:

रिटेन भएकाः करण केसी (मार्की), भीम सार्की, शाहब अलाम, रसिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठ ।
मिनि अक्सनबाट खरिद भएकाः आदिल अन्सरी (१५ लाख), सन्तोष यादव (१० लाख), आकाश त्रिपाठी (७ लाख), उत्तम रंगु थापा मगर (३ लाख) र तुलबहादुर थापा (२ लाख)

पोखरा एभेन्जर्स:

रिटेन भएकाः कुशल भुर्तेल (मार्की), सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, बिपिन खत्री , त्रितराज दास र दिनेश खरेल ।
मिनि अक्सनबाट खरिद भएकाः अर्जुन कुमाल (५ लाख), अभिषेक तिवारी (२ लाख), कृष्ण पौडेल (२ लाख) र सन्दीप कुमार क्षेत्री (२ लाख)

लुम्बिनी लायन्स:

रिटेन भएकाः रोहितकुमार पौडेल (मार्की), विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेश गौतम ।
मिनि अक्सनबाट खरिद भएकाः दिलिप नाथ (१० लाख), शेर मल्ल (१० लाख), विशाल पटेल (५ लाख), दुर्गेश गुप्ता (५ लाख), आदिल खान (२ लाख)

कर्णाली याक्स:

रिटेन भएकाः सोमपाल कामी (मार्की), गुलशन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी र विपिन शर्मा ।
मिनि अक्सनबाट खरिद भएकाः पवन सर्राफ (१५ लाख), युवराज खत्री (१० लाख), इम्रान शेख (२ लाख) र दीपक डुम्रे (२ लाख)

सुदूरपश्चिम रोयल्स:

रिटेन भएकाः दिपेन्द्रसिंह ऐरी (मार्की), अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे र नरेन साउद ।
मिनि अक्सनबाट खरिद भएकाः हेमन्त धामी (१० लाख), दीपक बोहरा (५ लाख), मिलन बोहरा (५ लाख), टेक रावत (२ लाख) र दिपेन्द्र थापा (२ लाख)

  • २६ श्रावण २०८२, आईतवार १३:३२ प्रकाशित
  • Nabintech