२४ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा चौधरी ग्रुप इन्टरनेशनल कन्सलटेन्सीले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कन्सलटेन्सीले शुक्रबारदेखि कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित न्यूरोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
विगत ९ वर्षदेखी शैक्षिक परामर्श तथा विदेश अध्ययन सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको कन्सलटेन्सीले नेपालगन्ज पछि कोहलपुरमा सेवा विस्तार गरेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अस्ट्रेलियामा मुख्य कार्यालय रहेको कन्सलटेन्सीले माल्टा, पोल्याण्ड, साईप्रस, ईटाली, हंगेरी, अष्ट्रिया, अस्ट्रेलिया, अमेरीका, पोर्चुगल लगाएतका देशहरुमा विद्यार्थी पठाउँदै आएको कन्सलटेन्सीका संचालक राज बिक्रम चौधरीले जानकारी दिए । कन्सलटेन्सीबाट अध्ययनकालागी विदेश जानेहरुलाई रोजगारीको ग्यारेन्टी समेत रहेको बताउँदै चौधरीले गुणस्तरीय र विश्वासिलो परामर्श सेवा आफुहरुको मुल मन्त्र रहेको दावी गरे ।

शैक्षिक परामर्श तथा विदेश अध्ययन सम्बन्धी सेवा प्रदान गर्दै आएको यस कन्सलटेन्सीले स्थानीय स्तरमै विद्यार्थी तथा अभिभावकलाई सहज पहुँच उपलब्ध गराउने लक्ष्य राखेको कोहलपुर शाखाका संचालक राजन शाहीले बताए । वैदेशिक शिक्षा, भाषा प्रशिक्षण, भिसा प्रोसेसिङ लगायतका सेवा अब कोहलपुर शाखाबाटै उपलब्ध हुने शाहीले जानकारी दिए ।
स्थानीयस्तरमै शाखा विस्तार गरिएकाले अब यस क्षेत्रका विद्यार्थीहरूले परामर्शका लागि अन्य ठाउँ धाउनुनपर्ने र समय तथा पैसा दुवैको बचत हुने शाहीले विश्वास व्यक्त गरे ।
२५ पिन्ट रगत संकलन

कन्सलटेन्सी उद्घाटका अबसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरीएको थियो । रेडक्रस सोसाईटी कोहलपुरसँगको समन्वयमा भएको रक्तदानमा २५ पिन्ट रगत संकलन भएको कन्सलटेन्सीले जनाएको छ ।
२५ श्रावण २०८२, शनिबार १४:०६ प्रकाशित