एनपीएलको मिनी अक्सन आज
  • काँचुली खबर

२४ साउन, काठमाडौं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सन आज हुँदैछ । नेपाल प्रिमियर लिगको आधिकारिक युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुने अक्सन दिउँसो ३ बजे शुरू हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

आज हुने अक्सनमा १ सय ५० खेलाडीमाथि बोली लाग्नेछ । तर १ सय ५० खेलाडीबाट विभिन्न आठ टोलीले ३७ खेलाडीमात्र अनुबन्ध गर्न पाउनेछन् । आठ फ्रेन्चाइज टोलीले यसअघिनै ५१ खेलाडीलाई रिटेन गरिसकेका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

एनपीएलको अक्सनमा सहभागी हुन ४ सय ५८ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । बुधबार क्यानले उक्त सूचीबाट एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सुची सार्वजनिक गरेको थियो ।

अन्तिम सूचीमा खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ । क्यानले सार्वजनिक गरेको सूचीको श्रेणी ‘ए’ मा आठ खेलाडी रहेका छन् । जसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम परेका छन् । त्यस्तै श्रेणी ‘बी’ मा अर्जुन कुमाल, दीपक बोहोरा, प्रज्वल थापालगायत ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ जना खेलाडी रहेका छन् ।

खेलाडीको मुल्यपनि श्रेणी अनुसार निर्धारण गरेको छ । श्रेणी ‘ए’ मा रहेका खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँको बोली लाग्नेछ भने श्रेणी ‘बी’ मा रहेका खेलाडीका लागि १० लाख रुपैयाँ र श्रेणी ‘सी’ मा रहेका खेलाडीका लागि ५ लाख रुपैयाँको बोली लाग्नेछ । एक भन्दा बढी टोलीले अधिकतम मुल्यमा खेलाडी किन्न चाहेको खण्डमा गोलप्रथाको आधारमा टोलीको छनोट गरिनेछ ।

  • २५ श्रावण २०८२, शनिबार १२:२९ प्रकाशित
  • Nabintech