सडक डिभिजन कार्यालयलाई माओवादीकाे ७ दिने अल्टिमेटम
  • काँचुली खबर

२३ साउन, नेपालगन्ज । कोहलपुर नेपालगन्ज सडक खण्डका बिभिन्न स्थानमा मर्मतका नाममा खनेको सडक अलपत्र पारिएको भन्दै अविलम्व मर्मतको काम पुरा गर्न नेकपा माओवादी कोहलपुरले ध्यानाकर्षण गराएको छ ।

गत आर्थिक वर्षमा मर्मतका लागी खनिएको सडक लामो समय अलपत्र अवस्थामा रहेको भन्दै नेकपा माओवादी केन्द्र कोहलपुरले जिल्ला प्रशासन कार्यालय बाँके र सडक डिभिजन कार्यालय नेपालगञ्जको ध्यानाकर्षण गराएको हो । नेकपा माओवादी केन्द्र कोहलपुरका अध्यक्ष बल बहादुर खड्काको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशी र सडक डिभिजन कार्यालय नेपालगञ्जका निमित्त प्रमुख राम सागर हरिजन लाई ध्यानाकर्षण गराएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अध्यक्ष खड्काले सडक मर्मत अविलम्ब मर्मत पुरा नगरिए सडक डिभिजन कार्यालय विरुद्ध सङ्घर्षका कार्यक्रम गरिने चेतावनी दिए । सो सडक मर्मतका नाममा खनेर अलपत्र पारिँदा हाल सम्म १ जनाकाे ज्यान गएको छ भने दैनिक जसो साना ठूला दुर्घटना र मानिसहरू घाईते हुने गरेकञा छन  । केही समय अघि अलपत्र सडकका कारण दुर्घटनामा परेर कोहलपुरका युवा सरोज मरासिनीको ज्यान गएको थियो ।

उक्त सडकको मर्मतको जिम्मा ‘महा त्रिपुरा पञ्चकोशी नाग देव जोइन्ट भेन्चर’ नामक निर्माण कम्पनीलाई दिइएको थियो। सम्झौता कात्तिक २०८१ मा भएको थियो, जसअनुसार कम्पनीले वैशाख २०८२ भित्र खाल्डाखुल्डी पुर्नुपर्ने थियो। सम्झौतामा एक करोड २४ लाख रुपैयाँको रकम तोकिएको थियो। साउन महिनाको तेस्रो सातासम्म आइपुग्दा पनि सडकका खाल्डाखुल्डी यथावत छन्। सडक डिभिजन कार्यालय, नेपालगन्जले सात पटक चेतावनी पत्र समेत पठाइसकेको भएपनि काममा प्रगति नभएको जनाएको छ ।

  • २४ श्रावण २०८२, शुक्रबार ०८:४० प्रकाशित
  • Nabintech