२२ साउन, बर्दिया । भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा मधुवन नगरपालिका-६ का करिब ४० वर्षका नरेन्द्र खड्का, उनकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा नम्बर ५ बस्ने अमृता परियार छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कामको सिलसिलामा उत्तराखण्ड पुगेका उनीहरूलाई बुधबार बिहान आएको बाढीपहिरोले बगाएको उत्तराखण्डस्थित वाकुडामा कार्यरत चित्रबहादुर पौडेलले बताए । पौडेलले अहिले बेपत्ताको खोजीमा आफूहरूसहित भारतीय प्रहरी र स्थानीय लागेको जानकारी दिए । खड्कासहित गाउँका अन्य व्यक्तिहरु उत्तराखण्डमा सडकको काम गर्न पुगेको स्थानीयहरुले बताएका छन् ।
यता घरमा रहेका नरेन्द्रका बुवा चूडामणि खड्काले छिमेकीले आफ्नो छोरा बुहारी र नातिलाई पहिरोले बगाएको भन्ने थाहा पाएका कारण आफू छोराको खोजीका लागि उत्तराखण्ड जान लागेको बताए । बुधबार आएको बाढीपहिरोले बगाउँदा खड्का परिवार बेपत्ता भएको भए पनि खोजी कार्य जारी रहेको उनले बताए ।
वाकुडामा मधुवन नगरपालिकासहित बर्दिया जिल्लाका करिब ४५ जना श्रमिकहरु कार्यरत रहेको बुझिएको छ ।
२३ श्रावण २०८२, बिहीबार ११:५२ प्रकाशित