रक्सी खाएर होहल्ला गरेको भन्दै रुखमा बाँधेका वृद्धको ज्यान गयो
  • काँचुली खबर

२१ साउन, काठमाण्डौ । झापामा जाँड-रक्सी खाएर होहल्ला गरेको भन्दै छिमेकीले रुखमा बाँधेका वृद्धको ज्यान गएको छ ।

झापा गाउँपालिका वडा नम्बर १ लसुनामा स्थानीय बासिन्दा ६० वर्षीय जतन सोरेनलाई छिमेकीहरूले गएराति रुखमा बाँधेकामा बिहान मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रहरीका अनुसार गएराति साढे १० बजे सोरेन जाँड-रक्सी खाएर होहल्ला गर्दै छिमेकी महादेव टुडुको घर छेउ पुग्नुभएको थियो । घर छेउमा हल्ला गरेको भन्दै टुडुलगायतका स्थानीय बासिन्दाले मिलेर वृद्धलाई डोरीले रुखमा बाँधेका थिए । आज बिहान हेर्दा सोरेनको ज्यान गइसकेको थियो ।

प्रहरीले घटनामा संलग्न मृतकका छोरा २७ वर्षका अनतलाल सोरेन, छिमेकी महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ ।

  • २२ श्रावण २०८२, बुधबार १५:०९ प्रकाशित
  • Nabintech