उर्लिएको राप्तीमा दाउरा संकलन गर्न तछाडमछाड (फोटोफिचर)
  • काँचुली खबर

२० साउन, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा ४ सिधनवा घाटस्थित राप्ती नदी किनारामा दाउरा जम्मा गर्ने स्थानीयको भीड लागेको छ । स्थानीय ज्यानको जोखिम राखेर नदीमा पौडी खेलेरै दाउरा सङ्कलन गरिरहेका छन् ।

राप्ती नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्न डुडुवा गाउँपालिकाका विभिन्न वडाका सयौँ स्थानीय मङ्गलबार बिहानैदेखि सिधनवा घाटमा व्यस्त देखिन्थे । नदीले माथिबाट बगाएर ल्याएका दाउरा स्थानीयले नदीको किनाराबाट लामो कैँची लौरो बनाएर त्यसैको माध्यमबाट तानेर बाहिर निकाल्ने गरेका छन् । कतिपय स्थानीय पौडी खेलेर नदीको मध्यभागमा पुगेर दाउरा निकाल्न सक्रिय देखिन्छन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

करिब ६ घण्टा लगातार परेको पानीले राप्ती नदीको जलसतह भरियो । जिल्ला दैवीप्रकोप उद्धार समितिले नदीको जलसतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध जारी गर्‍यो। नदीमा पानीको सतह बढिरहेकाले जिल्लाका सम्बद्ध अधिकारी बाढीको चिन्ता गरिरहेका थिए । तर नदी आसपासका बासिन्दा भने बाढीले बगाएर ल्याएको दाउरा छोप्न नदी किनारमा भरिए । बिहानैदेखि राप्ती नदीको पुल छेउछाउमा पुगेका स्थानीयले जोखिम मोलेर दाउरा संकलन गरे ।

दिउँसो एक बजेसम्ममा उनीहरुले वर्षभरीलाई पुग्ने दाउरा जम्मा गरिसकेका थिए। नदी किनारमा दाउरा, दाउरा बोक्नलाई ल्याइएका ट्याक्टर, अटोरिक्सा, साइकल भरिभराउ देखिन्थे।

कम्दीका रामचन्द्र यादवले बाढीमा आएको दाउरा संकलन गरेर वर्षभरी आगो बाल्ने बताए । ‘एक दिन जोखिम मोलेर दाउरा टिप्दा वर्षभरी खाना पकाउने दाउरा पुग्छ,’ यादवले भने, ‘मैले मात्रै होइन, गाउँका सबैले दाउरा टिप्ने गर्छन्।’

उनले साइकलमा दाउरा राखेर ओसारिरहेका थिए। बगेर आएको दाउरालाई कटियाले आफूतिर तान्ने र छेउमा आएपछि समात्ने गरेर स्थानीयले ट्याक्टरका ट्याक्टर दाउरा जम्मा गरेका थिए।

नदी उर्लिएको बेलामा दाउरा टिप्न जादा ज्यानको जोखिम हुने भन्दै स्थानीय प्रशासनले बाढी आएको बेलामा नदी छेउछाउमा नजान र दाउरा संकलन नगर्न चेतावनी दिने गर्दछ। स्थानीयवासी भने दाउरा छोप्न तँछाडमछाड गरेका हुन्छन्।

तस्बिर : गोरखापत्रबाट

  • २१ श्रावण २०८२, मंगलवार १७:०३ प्रकाशित
  • Nabintech