घाइते बोकेर नेपालगन्ज आँउदै गरेको हेलिकोप्टर सुर्खेतमा अवतरण
  • काँचुली खबर

१९ साउन, नेपालगन्ज । कालीकोटमा भएको गाडी दुर्घटनाका घाइतेलाई लिएर गएको हेलिकोप्टर सुर्खेतको बड्डीचौरमा अवतरण गरेको छ ।

सुर्खेतमा वर्षा भइरहेकाले मौसम प्रतिकुल हुँदा हेलिकप्टर बड्डीचौरमा सुरक्षित अवतरण गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. रुवी थापा सवार गाडी कालीकोट-जुम्ला सडक खण्डको खाडाचक्र नगरपालिका-१ दुर्घटनामा परेको थियो । सडकबाट १० मिटर तल खसेर घाइते दुवै जनाको प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल कालीकोट पुर्‍याइएको थियो ।

डा. थापालाई बढी नै चोट लागेकाले थप उपचारको लागि नेपालगन्ज लानलाई नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट कालीकोट पुगेर फर्किने क्रममा मौसम प्रतिकुल हुँदा बराहताल गाउँपालिका-५ बड्डीचौरको खेलकुद मैदानमा अवतरण गरेको सुर्खेत विमानस्थलले जानकारी दिएको छ ।

घाइते दुवै जनालाई नेपालगन्ज लगिँदै थियो । मौसम प्रतिकुल रहेपछि घाइते दुवैको उद्धारका लागि वीरेन्द्रनगरबाट एम्बुलेन्स पठाइएको छ ।

  • २० श्रावण २०८२, सोमबार १९:४३ प्रकाशित
  • Nabintech