१९ साउन, काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रसाईलाई बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छोड्न आदेश भएको हो । तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे ३ लाख रुपैयाँ धरौटी मागिएको छ ।
त्यसैगरी जिल्ला अदालत काठमाडौंले मिश्र र राणालाई ३-३ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी पक्षमा उच्च अदालतमा पुनरावेदन गरेकोमा अदालतले आदेश सदर गरिदिएको हो ।
उच्चको आदेशपछि मिश्र र राणाले कारागारबाहिरै रहेर मुद्दा लड्न सक्नेछन् ।
तीनकुने घटनामा पक्राउ परेका मध्ये ७ जना हिरासतमै थिए । उनीहरुमध्ये प्रसाईंसहित ४ जनाले उच्चमा पुनरावेदन गरेका हुन् । बाँकी ३ जनाको तर्फबाट पुनरावेदन भएको छैन ।
२० श्रावण २०८२, सोमबार १९:२१ प्रकाशित