१९ साउन, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने भएको छ ।
स्थायी कमिटी बैठकले चन्द नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार एकताका लागि मिति तय गरेर वार्ता गर्ने निर्णय शुरू हुनेछ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रवक्ता सापकोटाले बैठकमा आन्तरिक पार्टी सङ्गठनात्मक विषयहरूमा पनि छलफल भएको बताए ।
यस्तै बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध रहेको र अबदेखि अझ सुदृढ एकताका साथ सबैले गुटबन्दीको अन्त्य गर्ने सामूहिक सङ्कल्प लिएको बताए ।
यसैबीच माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक दशैँपछि बस्ने निर्णय गरेको छ । प्रवक्ता सापकोटाका अनुसार दशैँपछि तिहारअघि केन्द्रीय समिति बैठक बस्ने निर्णय भएको हो । त्यस्तै पोखरासम्म पुगेर रोकिएको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ गतेदेखि शुरू गरेर ताप्लेजुङसम्म पुग्ने निर्णय पनि गरेको उनले बताए ।
२० श्रावण २०८२, सोमबार १७:१३ प्रकाशित