भविष्यमा एनपीएल खेल्न सक्छु : एबी डीभिलियर्स
  • काँचुली खबर

१८ साउन, काठमाडौं । दक्षिण अफ्रिकी टिमका पूर्वकप्तान तथा उत्कृष्ट ब्याटर एबी डीभिलिर्यसले नेपाली टिमको खुलेर प्रशंसा गरेका छन्। भारतीय पत्रकार शुभाङ्कर मिश्रसँगको कुराकानीमा उनले नेपाली राष्ट्रिय क्रिकेट टिमले लामो दुरी तय गर्ने बताएका हुन्।

उनी भन्छन्, ‘नेपालको टिम निकै राम्रो टिम हो। यो टिमले लामो दुरी तय गर्नेछ।’ उनले नेपाली टिमलाई अझ धेरै एक्सपोजर चाहिएको बताए।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मिश्रले २०२४ को विश्वकपमा नेपाली टिमले दक्षिण अफ्रिकालाई निकै कडा प्रतिस्पर्धा दिएको प्रशंग जोड्दै डिर्भिलियर्सलाई प्रश्न सोधेका थिए। जवाफमा उनले भने, ‘कृपया नेपाली टिमलाई र नेपाली खेलाडीलाई अझ धेरै एक्सपोजर दिनुहोला १’

उनले विश्व क्रिकेटमा नेपाली टिम धेरै सम्भावना बोकेको भएका कारण धेरै खेलहरु खेल्नुपर्ने बताए। उनले भने, ‘नेपाली क्रिकेटलाई अहिले स्थायित्व र निरन्तर क्रिकेट चाहिएको छ।’

मिश्रले उनलाई नेपाल प्रिमियर लिग ९एनपीएल० खेल्नेबारे पनि सोधेका थिए। जवाफमा उनी भन्छन्, ‘त्यति बेला मेरो तालिका मिलेन, म अहिले छोटो समयका लागि मात्रै लिगहरु खेल्ने गरेको छु।’

पहिलो सिजन आफूले खेल्न नपाए पनि आगामी सिजनहरूमा खेल्न सक्ने उनले बताए। ‘आशा छ, भविष्यमा मैले खेल्नेछु।’

२०२४ को विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।

  • १९ श्रावण २०८२, आईतवार १८:२६ प्रकाशित
  • Nabintech