१८ साउन, कोहलपुर । पश्चिम नेपालको सबैभन्दा पुरानो भेरी अस्पतालमा सुत्केरी सेवा लिन आउनेहरुको सँख्या ह्वात्तै बढेको छ । जिल्लाका नेपालगञ्ज मेडिकल कलेज र सञ्जिवनी कलेजजस्ता ठूला निजी अस्पतालहरूले आमा सुरक्षा कार्यक्रम रोकेपछि भेरी अस्पतालमा सेवाग्राहीहरूको चाँप बढेको हो ।
कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजले साउन १ गतेदेखि ‘आमा सुरक्षा कार्यक्रम’ बन्द गरेपछि सरकारी भेरी अस्पतालमा चाप एक्कासी बढेको हो । वेड अभावका कारण नवजात शिशु र आमालाई भुइँमा राख्नुपर्ने बाध्यात्मक अवस्था देखिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अस्पतालको प्रसूति कक्ष (पीएनसी) भरिएपछि शल्यक्रियापछि राखिने पोष्ट-अपरेटिभ वार्डमा समेत वेडको अभाव भएको छ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार, पहिले एक दिनमा औसत ६ जना महिलाको सिजेरियन शल्यक्रिया हुने भेरी अस्पतालमा अहिले १२ जनासम्मको शल्यक्रिया भइरहेको छ ।
चिकित्सकीय निगरानीमा कम्तीमा ७२ घण्टा राख्नुपर्ने सुत्केरीलाई वेड नपुग्दा ५-६ घण्टामै डिस्चार्ज गर्नुपर्ने अवस्थाले अस्पतालमा चाप कति बढेको हो भन्ने स्पष्ट देखिन्छ ।
अस्पताल प्रमुख डा. निराजन सुवेदी भन्छन्, “हामीले सकेको सेवा दिइरहेका छौँ, तर यो अवस्था दीर्घकालीन समाधानबिना सम्भव छैन ।” उनले सम्बन्धित सरोकारवालाहरूले गम्भीर रूपमा चासो लिनुपर्ने अवस्था आएको बताए ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले साउनदेखि सुत्केरीको चाप तीव्र रूपमा बढेको र यो समस्या समाधान गर्नका लागि केन्द्र सरकारसँग आवश्यक सहयोग माग्ने तयारी भइरहेको जानकारी दिए ।
अस्पतालका तथ्यांकअनुसार, मेडिकल कलेजमा कार्यक्रम बन्द भएपछि पछिल्ला दुई सातामा भेरी अस्पतालमा सुत्केरी हुनेको संख्या ७० प्रतिशतले बढेको छ।
सीमित स्रोत र पूर्वाधारबीच अस्पताल सेवाग्राहीहरूको जीवनरक्षा गर्न रातदिन संघर्षरत छ। यो अवस्था स्वास्थ्य नीतिका चुनौती मात्र होइन, आमाबुबा बन्ने तयारीमा रहेका धेरैका लागि जोखिमपूर्ण परिस्थितिको संकेत पनि हो। यस्तै अवस्था रहिरहे लुम्बिनी प्रदेश (जहाँ सबैभन्दा बढी मातृ मृत्युदर देखिएको छ) मा अवस्था अझ भयावह बन्न सक्छ ।
१९ श्रावण २०८२, आईतवार १६:५४ प्रकाशित