राधाकृष्ण आविमा आफ्ना मान्छे सेट गर्न तिब्र चलखेल

राजनैतिक दबावका कारण शिक्षक छनौट प्रक्रिया नै स्थगित

  • काँचुली खबर

१९ साउन, कोहलपुर । बाँकेमा शिक्षक छनौट तथा नियुक्ती प्रक्रियामा राजनितिक चलखेल हुने गरेको तथ्य सतहमा आएको छ । हालै कोहलपुर नगरपालिकाभित्रको एक विद्यालयमा पदपूर्ति प्रक्रिया अन्तिम चरणमा पुगेका बेला राजनीतिक हस्तक्षेपले गर्दा शिक्षक छनौट प्रक्रिया स्थगित गरिएको छ ।

कोहलपुर नगरपालिका वडा नं. १२ मा रहेको राधाकृष्ण आधारभुत विद्यालयमा संघिय अनुदान अन्तर्गत अँग्रेजी विषयको शिक्षक पद खाली थियो । खाली पदमा शिक्षक छनौटकालागी विद्यालयले छनौट समिति मार्फत प्रक्रिया अगाडी बढाएको थियो । तर अन्तिम समयमा आएर छनौट प्रक्रिया नै स्थगित गरीएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

काँचुली खबरलाई प्राप्त जानकारी अनुसार केही स्थानिय जनप्रतिनिधि र आफुलाई शैक्षिक क्षेत्रको अगुवा बताउनेहरुले नै आफ्नो मान्छे सेट गर्न नसकिने अवस्था देखेपछि छनौट प्रक्रिया स्थगित गराएका हुन । “पदपूर्तिकालागि ३ जना उम्मेदवार छनौट भएका थिए, त्यसमध्ये आफ्नो उम्मेदवार कमजोर देखिएपछि राजनितिक दवावमा छनौट प्रक्रिया नै स्थगित गरीयो” स्रोतले बतायो ।

घटना बाहिरीएपछि शैक्षिक हवको सस्तो र लोकप्रिय नारा दिएर कोहलपुरे जनतालाई आँखामा छारो हालिरहेको कोहलपुर नगरपालिकाले अर्को झट्का बेहोर्न बाध्य भएको छ ।

शिक्षक छनौटकालागि कृष्ण मावि कौशिलानगरका प्रधानाध्यापक दिलिप वलि, सरस्वती मावि पिपिरीका प्रधानाध्यापक बिशाखर जैसि र नगर शिक्षा अधिकृत शिला गौतम लगाएतको छनौट समिति बनाईयो । तर उक्त बिज्ञ समुहले काम थालनी नगर्दै कोहलपुर १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाह र शिवशक्ति आविका प्रधानाध्यापक बद्रि सापकोटाले आफ्नो मान्छे छनौट हुनुपर्ने निरन्तर दवाव दिएपछि छनौटल प्रक्रिया नै प्रभावित भएको छ । छनौट समितिले आफुले यस्तो गलत काम गर्न नसक्ने भन्दै छनौट चरणमै उपस्थित नभएपछि उक्त छनौट प्रक्रिया तत्कालकालागी स्थगित भएको तथ्य फेला परेको छ ।

अँग्रेजी जस्तो संबेदनशिल विषयमा आफ्नो कमजोर उम्मेदवार पास हुनुपर्ने प्रेसर दिएका शाह र सापकाटाको प्रेसर थेग्न नसकेका दिलिप वलि उक्त छनौट प्रक्रियामा सामेल नै भएनन् भने अन्य विज्ञ भनिएकाहरु पनि निर्धारित समयमा विद्यालयमा पुगेपनि कुनै निश्कर्ष नदिई फर्केपछि छनौट प्रक्रिया नै स्थगित भएको हो ।

यसबारे नगर शिक्षा शाखा कोहलपुरमा बुझ्दा नगर शिक्षा प्रमुख राम बहादुर हमालले आफुलाई पनि प्रक्रिया स्थगित भएको जानकारी प्राप्त भएको तर किन प्रक्रिया स्थगित भएको भन्नेबारे आफु अनभिज्ञ भएको बताए । उनले स्थगित प्रक्रिया यथाशिघ्र सञ्चालन हुनुपर्ने र विद्यालयले योग्य शिक्षक पाउनुपर्ने बताए । शिक्षा क्षेत्रमा भनसुनको आधारमा नभई प्रक्रिया मार्फत निष्पक्ष र योग्य मान्छे छनौट हुनुपर्ने भन्दै हमालले यस्तो विषयमा निरन्तर खबरदारी आवश्यक रहने बताए ।

उता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद ढकालले प्राविधिक कुरा नमिलेर परीक्षा प्रक्रिया स्थगित भएको दावि गरेका छन । तर नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष शाह, नेपाली काँग्रेस सर्मथक बद्रि सापकोट, नेपाली काँग्रेसमै आवद्ध बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द ढकालले भने बमोजिम हुने नदेखिएपछि परिक्षा प्रक्रिया नै स्थगित गरिएको प्रक्रियालाई नजिकबाट नियालीरहेका जानकारहरुको दावि छ ।

तिब्र राजनितिक दवावका बिच पनि विज्ञ टोलिले प्रक्रिया मार्फत निष्पक्ष नतिजा निकाल्ने जिद्धि गरेपछि केहि कोहलपुरका शैक्षिक माफियाहरुको निद हराम भएको छ ।

शिक्षक छनौटजस्तो संवेदनशील विषयलाई राजनीति-प्रेरित बनाउनु शिक्षाको गुणस्तरमै असर गर्ने कदम हो । शिक्षक छनौट प्रक्रियामा यसरी चलखेल हुनुले समग्र शिक्षण प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ ।

  • २० श्रावण २०८२, सोमबार १२:४० प्रकाशित
  • Nabintech