१६ चैत्र २०८०, शुक्रबार
प्रत्येक नेपालीको घर-घरमा श्रीमद्भागवत गीता पुर्‍याइने
  • काँचुली खबर

घरघरमा श्रीमद्भागवत गीता पुर्‍याउने अभियानको घोषणा गरिएको छ । गीता प्रेस बिक्री केन्द्रले श्रीमद्भागवत गीता र सरल गीता विमोचन समारोहमा घरघरमा गीता पुर्‍याएपछि प्रत्येक नेपालीका हातहातमा पुर्‍याउने लक्ष्य रहेको जनाएको छ ।
कार्यक्रममा पशुपतिनाथका मूल भट्ट रावलगणेश भट्टले नेदरल्याण्ड र अमेरिकाजस्ता देशमा कक्षा ५ देखि गीता अध्ययन अध्यापन भएपनि नेपाल र भारतजस्ता वैदिक ज्ञानको उत्पत्ति भएको देशमा नपढाइनु दुःखद् रहेको बताए ।
सांसद हृदयेश त्रिपाठीले सभ्यतामा परिवर्तन भए आस्था नरहने भएकाले वैदिक सनातन परम्पराको जर्गेना हुनुपर्नेमा जोड दिए । पशुपति विकास कोषका सदस्यसचिव डा। प्रदीप ढकालले प्रत्येक देशको नेतृत्वका पाँच जना र विश्वका एक हजार नेतृत्व वर्गलाई गीता अध्ययन गराएमा विश्वशान्ति स्थापना हुने विचार व्यक्त गरे ।
गीता प्रेसले पहिलोपटक नेपालीमा अनुवाद गरेको पुस्तकमा ३०० पृष्ठ छ । पुस्तकको मूल्य रु. २९ पर्छ । पुस्तकलाई आचार्य लक्ष्मण भण्डारीले अनुवाद गरेका हुन् ।

  • २१ श्रावण २०७५, सोमबार १३:१२ प्रकाशित
  • Nabintech