मल नपाएपछि स्थानिय आक्रोशित, सहकारीको गेट तोडेर नाराबाजी
  • काँचुली खबर

१८ साउन, कोहलपुर । बिहान सबेरैदेखि लाइनमा बसेका किसानहरू मल नपाएपछि आक्रोशित भएका छन । कोहलपुर नगरपालिका-११ स्थित सहकारी संस्था लिमिटेड (साझा) मा आक्रोशित भिडले मुख्य गेट तोडेर नारावाजी गरेका छन ।

मलकालागी बिहानैदेखी सयौंको सँख्यामा सहकारी आएका किसानहरूले गेट तोड्दै नाराबाजी गरेपछि अवस्था तनावपूर्ण बनेको थियो । भीड नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको थियो भने केहीबेर धकेलाधकेल समेत भएको थियो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बिहान ५ बजेदेखि लाइनमा बसेका कृषकहरूले १० बजेसम्म पनि मल नपाएपछि आक्रोश चुलिएको थियो । कतिपय किसानले भने आफूहरूले तीन दिनदेखि पालो पर्खिरहेको भए पनि मल नपाएको गुनासो गरेका छन्। खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव देखिएको छ । मुख्य सिजनमै मन नपाएपछि यहाँका किसानहरु आक्रोशित भएका हुन ।

नगरपालिकाको कृषि शाखाबाट उपलब्ध हुने युरिया मलको कोटा घटाइएकाले पर्याप्त मात्रामा मल वितरण गर्न नसकिएको सहकारीका पदाधिकारीहरुले बताएका छन ।

 

पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् ।

बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले बताए ।

शाखा प्रबन्धक श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ मा छ हजार मेट्रिक टन युरिया, दुई हजार पाँच सय मेट्रिक टन डिएपी, तीन सय मेट्रिक टन पोटास गरी जम्मा आठ हजार आठ सय मेट्रिक टन मल वितरण गर्ने लक्ष्य रहेकोमा सो अनुसारको मल प्राप्त नभएको बताए ।

जिल्लामा माग अनुसार युरिया र रासायनिक मल नआएपछि किसानलाई समस्या भएको उनको भनाइ छ । आर्थिक वर्ष २०८१/०८२ मा युरिया मल चार हजार ८४५ मेट्रिक टन र दुई हजार ९०८ टन डिपिए मल आएको थियो भने सोही अवधीमा २७१ मेट्रिक टन पोटास मात्र प्राप्त भएको थियो ।

मल अभाव हुनुका प्रमुख कारण माग अनुसारको मल नपाउनुनै रहेको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेले जनाएको छ ।

  • १९ श्रावण २०८२, आईतवार १२:०८ प्रकाशित
  • Nabintech