१७ साउन, धनगढी । धनगढीको बर्दगोरिया गाउँपालिका-३ की १७ वर्षीया याचना सेजुवाल १५ दिनअघि बौनिया बजारमा रहेको राजधानी सेकुवा एण्ड मस्म सेन्टरमा काम लागेकी थिइन् । उनी त्यहाँ वेटरका रुपमा काम गर्थिन् । सोही सेकुवा एण्ड म:म सेन्टरमा कुकको काम गर्दै आएका थिए, बर्दगोरिया-१ का ३३ वर्षीय निरज साउद । काम गर्ने क्रममा उनी निरजसँग नजिक भएकी थिइन् । दुई सन्तानका बुवा समेत रहेका निरजको श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको थियो ।
सेकुवा सेन्टरमा काम थालेकी सेजुवालसँग उनी यहीँ दौरानमा नजिक बने । काम गर्ने क्रममा हाँसोमजाकमै उनीहरूको सम्बन्ध छोटो समयमै प्रेम सम्बन्धमा परिणत भइसकेको थियो । प्रहरीका अनुसार श्रीमतीले सम्बन्ध विच्छेद भएकै कारण साउदले सेजुवालसँग सम्बन्ध अघि बढाएको बताएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले विवाह गरेर बाँकी जीवन उनैसँग बिताउने प्रण गरिसकेका थिए । याचना सेजुवाल वेटर मात्र नभएर पछिल्लो समय भान्छामा साउदको सहयोगी कर्मचारीका रुपमा काम गर्न थालिसकेकी थिइन् ।
भेट भएको १५ दिनमै प्रेम सम्बन्धमा बाँधिएका सेजुवाल र साउद शनिबार पनि सदाजस्तै राजधानी सेकुवा एण्ड ममको भान्छाकोठामा काम गर्दै थिए । काम गर्ने क्रममा उनीहरुबीच विवाद भयो । विवादकैबीच साउदले याचना सेजुवालको घाँटीमा नजिकै रहेको चक्कुले प्रहार गरिदिए ।
त्यतिबेला उनीहरू दुई जना मात्र सेकुवा सेन्टरको भान्छा कोठामा रहेको खुलेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले प्रारम्भिक अनुसन्धानबाट साउदले आपसी विवादका क्रममा सेजुवालमाथि चक्कु प्रहार गरेको खुलेको बताए । चक्कु प्रहारबाट गम्भीर सेजुवाल सेकुवा सेन्टरको भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका होटल सञ्चालकले थाहा पाएका थिए ।
‘दुई जनाबीच सेकुवा सेन्टरमै चिनजान भएदेखि प्रेम सम्बन्धमा रहेछ । शनिबार बिहान भान्छा कोठामा काम गर्ने बेला उनीहरुबीच विवाद भएको देखिन्छ,’ डीएसपी सिंहले भने, ‘विवादबीच साउदले सेजुवालमाथि चक्कु प्रहार गरेछन् । किशोरी भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका सञ्चालकले थाहा पाएछन् । उनलाई तत्कालै अस्पताल लगिएपनि बचाउन सकिएन ।’
गम्भीर अवस्थामा उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएकी सेजुवालको त्यही मृत्यु भएको थियो । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।
इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेका साउदले सेजुवालसँग विवाह गर्ने समझदारी भइसकेको दाबी गरेका छन् । साउदले आफूसँग विवाह गर्ने वाचा गरेकी सेजुवालले अरूसँग पनि फोनमा कुराकानी गर्ने गरेको थाहा पाएपछि आवेगमा आएर चक्कु प्रहार गरेर हत्या गरेको बयान दिएका छन् ।
‘म सँग प्रेम र विवाह गर्छु भनिसकेपछि पनि याचनाले अरु केटासँग पनि फोन र भिडियो कलमा कुरा गरिरहन्थिन् । अरुलाई किन कल गर्छौ भनेर भन्दा विवाद भयो,’ साउदले प्रहरीलाई भनेका छन्, ‘रिसको झोंकमा सहन नसकेर नजिकै रहेको चक्कु समातेर हिर्काउन पुगेछु । अहिले गल्ती गरेको अनुभूती भइरहेको छ ।’
साउदलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखिएको छ भने मृतक सेजुवालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
१८ श्रावण २०८२, शनिबार १८:३७ प्रकाशित